व्यवसाय
नाफा आर्जन गर्न वा पैसा कमाउन वस्तु वा सेवा उद्योगबाट उत्पादन गरी वा पसलबाट उपलब्ध गराउने कार्यलाई व्यवसाय भनिन्छ अथवा व्यवसाय भन्नाले आय आर्जन गर्नको लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउँछ । हामीले समाजमा स-साना पसलहरू देखि लिएर ठुल-ठुला कल कारखानाहरू सञ्चालनमा आएको देख्न सक्छौं । मानिसहरूले आफ्नो जीविकोपार्जन गर्नको निमित्त कुनैकुनै आर्थिक क्रियाकलापहरूमा संलग्न रहेको पाउछौं । उनीहरूले पुँजी लगानी गरी जोखिम बहन गरे बापत त्यसबाट नाफा कमाउने उदेश्य लिएका हुन्छन् । यसरी व्यवसाय भनेको मुनाफा कमाउने उदेश्यले मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप हो । व्यवसायको साबदिक अर्थले व्यस्त भैरहने अवस्थालाई जनाउछ ।(State of being busy) तर पनि सबै किसिमको व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय हुनको लागि लगानी गरेर जोखिम बहन गरी नाफा कमाउने उदेश्यबाट व्यस्त रहेको हुनुपर्छ ।
व्यवसायका विशेषताहरू
[सम्पादन गर्नुहोस्]व्यवसायका विशेषताहरु निम्न छन् ।
आर्थिक क्रियाकलाप
[सम्पादन गर्नुहोस्]व्यवसाय एक आर्थिक क्रियाकलाप हो । जसलाई व्यक्ती वा व्यक्तिको समूहले समाज र मालिकको हितमा सञ्चालन गर्दछन् । व्यवसायले आय आर्जनसँग सम्बन्ध राख्ने भएकाले यसको नीतिलाई मौद्रिक रूपमा मापन गरिन्छ ।
वस्तु तथा सेवाको कारोबार
[सम्पादन गर्नुहोस्]व्यवसायले वस्तु तथा सेवाको उत्पादन र बिक्री वितरणसँग सम्बन्ध राख्दछ । तर व्यक्तिगत उपभोक्ताको लागि उत्पादित तथा कसैलाई उपहारको रूपमा दिएको चिज व्यवसाय अन्तर्गत पर्दैन ।
कारोबारमा नियमितता र निरन्तरता
[सम्पादन गर्नुहोस्]आय आर्जन गर्ने उदेश्यले नियमित एवम् निरन्तर रूपमा व्यवसायीक कारोबारहरू सञ्चालन गरिन्छ भने त्यसलाई व्यवसाय भनिन्छ । त्यसैले व्यवसाय हुनको लागि कारोबारहरू नियमित र निरन्तर रूपमा हुनु पर्दछ ।
नाफा उनमुख
[सम्पादन गर्नुहोस्]नाफा कमाउने उदेश्यले नै व्यवसाय गरिन्छ । कानुनी रूपमा कारोबारहरू सञ्चालन गरी नाफा कमाउने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।
जोखिम र अनिश्चितता
[सम्पादन गर्नुहोस्]व्यवसायमा जोखिम र अनिश्चितता हुन्छ । व्यवसायमा रहेको जोखिम र अनिश्चिततालाई धर्याता पुर्वक रणनीतिहरू मार्फत बहन गर्दै जानुपर्छ । व्यवसाय गर्दा धेरै जोखिम र धेरै प्रतिफलको सिद्धान्तलाई बिर्सनु हुदैन ।
उपभोक्ताको सन्तुष्टि
[सम्पादन गर्नुहोस्]व्यवसायको प्रमुख उदेश्य ग्राहकहरूको सन्तुष्टिद्वारा नाफा कमाउनु हो । उपभोक्ताहरू आफ्नो सन्तुष्टिका लागि बस्तु तथा सेवाको उपभोग गर्दछन । बस्तु तथा सेवाबाट जति उनीहरू सन्तुष्ट हुदै जान्छन, त्यति नै उनीहरूले उपभोग गर्दछन । त्यसैले व्यवसायको प्रमुख आधार नै उपभोक्ताको सन्तुष्टि हो ।