पक्राउ
स्वरूप
कुनै व्यक्तिले अपराध गर्दछ वा कुनै व्यक्ति अपराधसँग सम्बन्धित छ भने त्यस्तो व्यक्तिलाई कानुनी अधिकार प्रयोग गरि हिरासतमा लिने कार्यलाई पक्राउ भन्न सकिन्छ।
पक्राउको उद्देश्य
[सम्पादन गर्नुहोस्]- कानुनको पालना गराउन
- शंकित व्यक्तिलाई लगाइएको अभियोग प्रमाणित गर्नको लागि अदालतमा उपस्थित गराउन,
- अपराध अनुसन्धान कार्यमा सहयोग पुर्याउन,
- भविष्यमा हुने सम्भावित अपराध हुनबाट रोक लगाउन
- शान्ति सुव्यवस्था कायम राख्न