Global Voices नेपालीमा https://ne.globalvoices.org Citizen media stories from around the world Mon, 20 Jan 2025 02:07:44 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 Citizen media stories from around the world Global Voices नेपालीमा false Global Voices नेपालीमा podcast Citizen media stories from around the world Global Voices नेपालीमा https://globalvoices.org/wp-content/uploads/2023/02/gv-podcast-logo-2022-icon-square-2400-GREEN.png https://ne.globalvoices.org नेपालमा एस्पेरान्तो अभियानको आठ दशक https://ne.globalvoices.org/2025/01/19/3651/ https://ne.globalvoices.org/2025/01/19/3651/#respond <![CDATA[Dilli Rai]]> Sun, 19 Jan 2025 16:24:24 +0000 <![CDATA[Good News]]> <![CDATA[अंग्रेजी]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[फिचर]]> <![CDATA[भाषा]]> <![CDATA[वेबलग]]> <![CDATA[साहित्य]]> https://ne.globalvoices.org/?p=3651 <![CDATA[ग्लोबल भ्वाइसेजका संजीव चौधरीले नेपालमा एस्पेरान्तो अभियानको बारेमा नेपाली एस्पेरान्तो संघका अध्यक्ष भरत कुमार घिमिरेसँग कुराकानी गरेका थिए।]]> <![CDATA[

नेपालमा एस्पेरान्तो भाषाको प्रचलन सन् १९५७ मा हंगेरीका अन्वेषक टिबोर सिकेलीले गरेका थिए।

Participants of Himalaja Renkontiĝo 2019. Photo by Nepal Esperanto Association. Used with permission.

हिमालय रेन्कोन्तिजो २०१९ का सहभागीहरू। तस्वीर: नेपाल एस्पेरान्तो संघ। अनुमति लिएर प्रयोग गरिएको।

 एल. एल. जामेनहोफले सिर्जना गरेका अन्तर्राष्ट्रिय भाषा एस्पेरान्तोले नेपालमा सन् १९५७ मा प्रचलनमा आएदेखि नै विभिन्न उतारचढाव अनुभव गरेको छ। विश्वभर अनुमानित १,००,००० वक्ताहरू भएको एस्पेरान्तो, जसको अर्थ अंग्रेजीमा “आशावादी” हुन्छ, सबैभन्दा सफल अप्राकृतिक भाषा हो। सजिलैसँग सिक्न सकिने एस्पेरान्तो आफ्नो सरलताको लागि परिचित छ।

ग्लोबल भ्वाइसेजका संजीव चौधरीले नेपालमा एस्पेरान्तो अभियानको बारेमा नेपाली एस्पेरान्तो संघका अध्यक्ष भरत कुमार घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ:

ग्लोबल भ्वाइसेज (जीभी): नेपालमा एस्पेरान्तो अभियान कसरी सुरु भयो? नेपालमा एस्पेरान्तो सिकाउन कसले सुरुवात गर्यो र कहिले सुरु भयो?

Bharat Kumar Ghimire (BKG): Esperanto was introduced in Nepal in 1957 by Tibor Sekelj, a Hungarian born polyglot, explorer and author. During his visit, he taught a group of young people at Tri Chandra College [in Kathmandu], a historic academic institution that remains prominent today.

During his six-month stay, he not only taught Esperanto but also founded the Kathmandu Esperanto Society in Nepal in the same year. Nepal, up until then, had not yet opened its doors to foreign visitors. King Mahendra of Nepal invited him to thank him for founding the country’s first public university and for teaching Esperanto.

Sekelj also met Nepal's renowned poet and then-Minister of Education, Laxmi Prasad Devkota, who began learning the basics of Esperanto in his office.

In 1959, Sekelj wrote the book “Nepalo malfermas la pordon” (Nepal Opens the Door), originally in Esperanto, during his stay in Madras, South India, where he divided his time between writing and studying yoga philosophy. The book was later translated into several languages, including English, Spanish, Serbian, and Hebrew.

Later, in 1961, Simo Milojević, a Bosnian journalist and professional Esperantist, arrived in Nepal and taught Esperanto to more than 200 students over an eight-month period. He wrote several articles about Nepal.

Despite these early efforts, the Esperanto movement in Nepal stagnated for various reasons. However, in 1990, the Nepal Esperanto Association was established by three co-founders: Baikuntha Man Maskey, Shree Prasad Shrestha, and Dr. Keshav Ram Joshi. They remained active in the movement following the association's founding. Sadly, both Mr. Maskey and Dr. Joshi have since passed away.

भरत कुमार घिमिरे (बीकेजी): नेपालमा एस्पेरान्तोको प्रचलन सन् १९५७ मा हंगेरीमा जन्मेका बहुभाषिक, अन्वेषक तथा लेखक टिबोर सिकेलीले गरेका थिए। आफ्नो भ्रमणको क्रममा, उनले आज पनि प्रख्यात रहेको काठमाडौँको ऐतिहासिक शैक्षिक संस्था त्रिचन्द्र कलेजमा युवाहरूको समूहलाई यो भाषा पढाए।

आफ्नो छ महिनाको बसाइको क्रममा, उनले एस्पेरान्तो मात्र पढाएनन्, त्यसैबेला नेपालमा काठमाण्डौ एस्पेरान्तो समाजको स्थापना पनि गरे। त्यसबेलासम्म नेपालले विदेशी आगन्तुकहरूलाई स्वागत गरेको थिएन। नेपालका राजा महेन्द्रले उनलाई एस्पेरान्तो पढाएकोमा र देशको पहिलो सार्वजनिक शिक्षालय स्थापना गरेकोमा कृतज्ञता व्यक्त गर्न आमन्त्रित गरेका थिए

सिकेलीले नेपालका प्रसिद्ध कवि तथा तत्कालीन शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटालाई पनि भेटे। उनले आफ्नो कार्यालयमा एस्पेरान्तो सिक्न थाले।

सन् १९५९ मा दक्षिण भारतको मद्रास बसाइको क्रममा सिकेलीले एस्पेरान्तो भाषामा “नेपालो माल्फर्मास ला पोर्दोन” (नेपालले ढोका खोल्यो) पुस्तक लेखे। त्यहाँ रहदा उनले आफ्नो समय लेखन र योग दर्शनको अध्ययनमा बिताए। उक्त पुस्तक अंग्रेजी, स्पेनिश, सर्बियाली र हिब्रू जस्ता धेरै भाषाहरूमा अनुवाद गरिएको थियो।

पछि, सन् १९६१ मा बोस्नियाली पत्रकार तथा पेसेवर एस्पेरान्तिस्ट सिमो मिलोसेभिच नेपाल आए र आठ महिनाको अवधिमा २०० भन्दा बढी विद्यार्थीहरूलाई एस्पेरान्तो सिकाए। उनले नेपालको बारेमा धेरै लेखहरू लेखे।

यी प्रारम्भिक प्रयासहरूको बावजुद, नेपालमा एस्पेरान्तो अभियान विभिन्न कारणले रोकियो। यद्यपि, सन् १९९० मा नेपाल एस्पेरान्तो संघ तीन सह-संस्थापकहरूद्वारा स्थापित गरिएको थियो: बैकुण्ठ मान मास्के, श्रीप्रसाद श्रेष्ठ, र डा. केशव राम जोशी। संघको स्थापना पश्चात् पनि उनीहरू अभियानमा सक्रिय रहे। दुःखको कुरा, श्री मास्के र डा. जोशी दुवैको निधन भइसकेको छ।

Participants of Himalaja Renkontiĝo 2024. Photo by Nepal Esperanto Association. Used with permission.

हिमालय रेन्कोन्तिजो २०२४ का सहभागीहरू। तस्वीर: नेपाल एस्पेरान्तो संघ। अनुमति लिएर प्रयोग गरिएको।

जीभी: नेपालमा एस्पेरान्तो भाषीहरूको संख्या कति छ? यहाँ एस्पेरान्तो अभियानले सामना गरेका चुनौतीहरू के के हुन्?

BKG: It is quite challenging to determine the exact number of Esperanto speakers in Nepal, as many people learn the language independently. Since the Nepal Esperanto Association was established, we’ve taught Esperanto to roughly 5,000 people, though the actual number might be even higher. Around 200 to 300 people are estimated to speak the language fluently, while over 1,000 have a basic understanding.

One significant challenge for the Esperanto movement in Nepal is the issue of migration. Following the COVID-19 pandemic, many Esperanto speakers have migrated to more developed countries, which has posed a considerable obstacle to the growth and sustainability of the Esperanto community in Nepal.

बीकेजी: नेपालमा एस्पेरान्तो भाषीहरूको वास्तविक संख्या निर्धारण गर्न धेरै चुनौतीपूर्ण छ, किनभने धेरै मानिसहरूले स्वतन्त्र रूपमा भाषा सिक्छन्। नेपाल एस्पेरान्तो संघ स्थापना भएदेखि, हामीले लगभग ५,००० मानिसहरूलाई एस्पेरान्तो सिकाएका छौं, यद्यपि वास्तविक संख्या अझ बढी हुन सक्छ। लगभग २०० देखि ३०० मानिसहरूले यो भाषा धाराप्रवाह बोल्ने अनुमान छ, जबकि १,००० भन्दा बढीलाई आधारभूत ज्ञान छ।

नेपालमा एस्पेरान्तो अभियानको एउटा महत्त्वपूर्ण चुनौती बसाइँसराइको समस्या हो। कोभिड-१९ महामारी पश्चात्, धेरै एस्पेरान्तो भाषीहरू विकसित देशहरूमा बसाइँ सरेका छन्, जसले नेपालमा एस्पेरान्तो समुदायको विकास र स्थायित्वमा ठूलो बाधा पुर्याएको छ।

A group of Esperanto learners at Koteshwor Multiple Campus in Kathmandu. Photo by Nepal Esperanto Association. Used with permission.

काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा एस्पेरान्तो शिक्षार्थीहरूको समूह। तस्वीर: नेपाल एस्पेरान्तो संघ। अनुमति लिएर प्रयोग गरिएको।

जीभी: नेपाल एस्पेरान्तो संघको अध्यक्षको हैसियतले नेपालमा एस्पेरान्तो अभियानलाई अगाडि बढाउन तपाईंले के कस्ता कदम चाल्नुभएको छ?

BKG: I am one of the founding members of the Nepal Esperanto Association and have played a key role in sustaining it through its various ups and downs over the years. After establishing the association in 1990, we have been following a new course conducted by Joachim Verdin from Poland.

As the president of the association, my primary goals include increasing the number of Esperanto speakers in Nepal and sharing updates about Nepal's Esperanto-related activities with the global community. Additionally, I aspire to translate key Nepali texts into Esperanto to further enrich the language's cultural exchange.

बीकेजी: म नेपाल एस्पेरान्तो संघको संस्थापक सदस्यहरूमध्ये एक हुँ र वर्षौंदेखि यसका विभिन्न उतारचढावहरू पार गर्दै स्थायित्वको निम्ति महत्वपूर्ण भूमिका खेलेको छु। सन् १९९० मा संघको स्थापना पश्चात्, हामी पोल्याण्डका जोआकिम भर्डिनको नयाँ पाठ्यक्रम पछ्याइरहेका छौं।

संघको अध्यक्षको रूपमा, मेरो प्राथमिक लक्ष्य भनेको नेपालमा एस्पेरान्तो भाषीहरूको संख्या बढाउनु र नेपालको एस्पेरान्तो-सम्बन्धित गतिविधिहरूको बारेमा विश्वलाई जानकारी गराउनु हो। यसबाहेक, म भाषाको सांस्कृतिक आदानप्रदानलाई अझ समृद्ध बनाउन महत्त्वपूर्ण नेपाली पुस्तकहरू एस्पेरान्तोमा अनुवाद गर्ने आकांक्षा राख्छु।

जीभी: तपाईंहरूले हरेक वर्ष आयोजना गर्ने हिमालय रेन्कोन्तिजोको बारेमा बताइदिनुहुन्छ कि?

एस्पेरान्तो सिक्नका लागि उपलब्ध स्रोतहरू। तस्वीर: संजीव चौधरी। अनुमति लिएर प्रयोग गरिएको।

BKG: The Himalaja Renkontiĝo (Himalayan Meeting) began in 1995 with the primary goal of addressing the financial challenges faced by Nepali Esperantists, which often made it difficult for them to travel abroad. To overcome this, we decided to invite Esperanto speakers from around the world to visit Nepal instead.

Additionally, we aimed to foster socio-cultural exchange between local and international participants. Since 2014, we have also introduced a special excursion (Speciala Ekskurso) to Nepal, designed for those who may not be interested or not able to go in trekking in the mountains but wish to explore the rich cultural and natural beauty of Nepal.

We organize the International Himalayan Meeting (Internacia Himalaja Renkontiĝo) every two years, alongside the Special Excursion (Speciala Ekskurso) during alternate years.

बीकेजी: सन् १९९५ मा स्थापित हिमालय रेन्कोन्तिजो (हिमालय सम्मेलन) को मुख्य उद्देश्य नेपाली एस्पेरान्तिस्टले सामना गर्ने आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्नु थियो, जसको कारण उनीहरूलाई विदेश यात्रा गर्न गाह्रो हुन्थ्यो। यस समस्यालाई समाधान गर्न हामीले विश्वभरका एस्पेरान्तो भाषीहरूलाई नेपाल भ्रमण गर्न आमन्त्रित गर्ने निर्णय गर्यौं।

यसका साथै, हामीले स्थानीय तथा अन्तर्राष्ट्रिय सहभागीहरू बीच सामाजिक-सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उद्देश्य राखेका छौं। सन् २०१४ देखि, हामीले नेपालमा एक विशेष भ्रमण (Speciala Ekskurso) पनि सुरु गरेका छौं। यो यात्रा नेपालको समृद्ध सांस्कृतिक सम्पदा र मनमोहक प्राकृतिक परिवेशको अनुभव गर्न चाहने तर पहाडमा पदयात्रा गर्न रुचि नहुने वा गर्न नसक्ने व्यक्तिहरूको लागि हो।

प्रत्येक दुई वर्षमा, हामी अन्तर्राष्ट्रिय हिमालय सम्मेलन (Internacia Himalaja Renkontiĝo) र विशेष भ्रमण (Speciala Exkurso) आयोजना गर्छौं।

जीभी: नेपालमा एस्पेरान्तो कसरी सिक्न सकिन्छ? नेपालमा के कस्ता स्रोतहरू उपलब्ध छन्?

BKG: Nowadays, if someone wants to learn a language, they can do so through the internet, for example through Duolingo. Our organization also conducts language courses from time to time. For example, we are currently teaching two classes: one is being organized at Koteshower Multiple Campus, and the other is being held at the association's office.

As for the resources, we carry out these activities voluntarily. There is no consistent funding or support from either domestic or international sources. Unfortunately, the situation in Nepal is quite challenging, and while one or two individuals or organizations occasionally support us, it is not enough.

आजकल, यदि कसैले भाषा सिक्न चाहेमा इन्टरनेटमार्फत सिक्न सक्छ, उदाहरणको लागि डुओलिंगोमार्फत। हाम्रो संस्थाले समय-समयमा भाषा कक्षाहरू पनि सञ्चालन गर्दछ। उदाहरणका लागि, हामी हाल दुई स्थानमा भाषा कक्षाहरू सञ्चालन गरिरहेका छौं: एउटा कोटेश्वर बहुमुखी क्याम्पसमा र अर्को संघको कार्यालयमा।

स्रोतसाधनको कुरा गर्ने हो भने, हामी यी गतिविधिहरू स्वेच्छिक रूपमा गर्छौं। घरेलु वा विदेशी स्रोतहरूबाट कुनै पनि प्रकारको आर्थिक सहयोग उपलब्ध छैन। दुर्भाग्यवश, नेपालको अवस्था अत्यन्तै चुनौतीपूर्ण छ र कहिलेकाहीं एक वा दुई व्यक्ति वा संस्थाहरूले हामीलाई सहयोग गरे पनि यो पर्याप्त छैन।

]]>
0
ग्लाेबल भ्वइसेज शिखर सम्मेलन २०२४ः कहाँ गए ती सबै ब्लगरहरू? https://ne.globalvoices.org/2024/12/23/3640/ https://ne.globalvoices.org/2024/12/23/3640/#respond <![CDATA[Mahesh Shrestha]]> Mon, 23 Dec 2024 07:20:36 +0000 <![CDATA[Ideas]]> <![CDATA[अंग्रेजी]]> <![CDATA[क्यारेबियन]]> <![CDATA[ट्रिनिडाड र टोबागो]]> <![CDATA[डिजिटल एक्टिभिज्म]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[नेपाली]]> <![CDATA[पूर्व एशिया]]> <![CDATA[प्रविधि]]> <![CDATA[फिचर]]> <![CDATA[फिलिपिन्स]]> <![CDATA[भारत]]> <![CDATA[भाषा]]> <![CDATA[मिडिया र पत्रकारिता]]> <![CDATA[युवा]]> <![CDATA[राजनीति]]> <![CDATA[वाक स्वतन्त्रता]]> <![CDATA[विकास]]> <![CDATA[वेबलग]]> https://ne.globalvoices.org/?p=3640 <![CDATA[ब्लगिङ समयसँगै परिवर्तन भएको छ; अनलाइन स्पेसमा मानिसहरूले आफूलाई पहिले भन्दा थप महत्वका साथ अभिव्यक्त गर्दैछन् ।]]> <![CDATA[

‘मैले स्पेसहरू पूर्णतया परिवर्तित हुँदै गरेको देखें’

ग्लोबल भ्वइसेसका सह-संस्थापक इथान जकरम्यान, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ‘कहाँ गए ती सबै ब्लगरहरू?’ विषयक छलफलकाे सहजिकरण गर्दै । राशा अब्दुल्लाले खिचेको तस्वीर, अनुमति लिएर प्रयोग गरिएको ।

काठमाडौं, नेपालमा भएकाे ग्लोबल भ्वइसेज शिखर सम्मेलन २०२४ को पहिलो सार्वजनिक दिनमा वर्तमान डिजिटल परिदृश्यसँग सम्बन्धित एउटा प्रश्न उठाइयो: ती सबै ब्लगरहरू कहाँ गए? बीस वर्षअघि, जब ग्लोबल भ्वइसेज (जीभी) काे थालनी भयो, ब्लगहरू उत्कर्षमा थिए । यी स्वतन्त्र, व्यक्तिगत प्रकाशन प्लेटफर्महरू दीगाे हुने देखिन्थे — कम्तीमा सामाजिक सञ्जाल तथा माइक्रोब्लगिङ साइटहरूले प्रभुत्व जमाउन थाल्नु अघिसम्म । यससँगै, एसईओ एल्गोरिदमहरूमा भएका परिवर्तनहरू र ब्राण्डहरू तथा मिडिया कम्पनीहरूले ब्लगहरूको शैलीलाई आत्मसात् गर्न थालेपछि, व्यक्तिगत ब्लगरहरूको प्रभाव घट्दै गयो र तिनीहरूको संख्या पनि कम हुँदै गयो । 

जीभीका सह-संस्थापक इथान जकरम्यानले सञ्चालन तथा सहजिकरण गरेको छलफलमा, नेपालको पहिलो ब्लगर दिनेश वाग्ले; भारतको न्यूजमेरिक्स ब्लगका सञ्चालक अपर्णा राय; फिलिपिनी अभियन्ता र  पूर्व युवा राजनीतिज्ञ मोङ पालाटिनो; र त्रिनिडाड र टोबागोकी जीभी प्रबन्ध निर्देशक जसले क्यारेबियनको पहिलो पोडकास्ट सिर्जना गरेकी थिइन्, जर्जिया पपलवेलले आफ्ना ब्लगरका रूपमा थालेकाे करियरको विकास र ब्लगहरू हराउँदा अनलाइन स्पेसमा भएकाे प्रभावबारे छलफल गरे । 

जकरम्यानले ब्लगिङले उनको हृदयमा “विशेष स्थान” राख्ने कुरा स्विकारे । सन् २००४ मा उनी र जीभीका सह-संस्थापक रेबेका म्याकिनन हार्वड विश्वविद्यालयमा भिजिटिङ स्कलर रहँदा ब्लगरकनमा भाग लिएका थिए र साेही बेला ब्लगहरूले विश्वव्यापी संवादलाई सहजिकरण गर्न सक्ला भनेर सोच्न थालेका थिए । उनीहरूको साेही जिज्ञासा वा साेच ग्लोबल भ्वइसेजको रूपमा परिणत भयो । जुन प्रारम्भमा ब्लग एग्रिगेटर थियो जसले पछि आंशिक रूपमा कुन ब्लगहरू पछ्याउने भन्ने ज्ञानका आधारमा केही ब्लगरहरूलाई समेट्याे पनि । जकरम्यानले थपे, “पछिल्ला २० वर्षमा, ब्लगहरू प्रमुख अनलाइन प्रविधिबाट सिमान्त अनलाइन प्रविधिमा परिणत भएका छन् ।” 

ब्लगिङ समयसँगै परिवर्तित हुँदै गएकाे छ, जसले मानिसहरूले आफूलाई अभिव्यक्त गर्ने अनलाइन स्पेसलाई पहिलेभन्दा अझ मूल्यवान बनाएको छ । पूर्ण रूपमा लाेप नभई सकेता पनि, ब्लगिङ दुई दशकअघिको बेला जस्तो भने छैन । ब्लगहरूमा त्यस्ता के थिए जसलाई यति रोचक र विशेष बनायो त? के तिनीहरूको आकर्षण र शक्ति प्रविधिसँग सम्बन्धित थियो? या लेखन शैलीसँग? या तिनीहरूले निर्माण गरेका समुदायहरूसँग? र वर्तमान अनलाइन प्लेटफर्महरूका मझधारमा हामीले के गुमायौं — वा के प्राप्त गर्यौं?

ब्लगिङका फरक बाटाहरू

नेपाली पत्रकार र देशकै पहिलो ब्लगर, दिनेश वाग्ले, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको ।

सन् २००४ मा, वाग्ले नेपालका पत्रकार थिए, जहाँ उनी प्रविधि, सङ्गीत र कलासम्बन्धी समाचारहरू लेख्थे । मुलधारका सञ्चारमा स्थान नपाएका कथाहरू उनले आफै सुरु गरेको ब्लगमा राख्थे । एक वर्षपछि, पूर्वराजा ज्ञानेन्द्रले देशमा आपतकाल घोषणा गर्दै सरकारलाई बर्खास्त गरे र राजनीतिक नियन्त्रण आफ्नो बागडाेरमा लिए; जसले देशलाई नै राजनीतिक सङ्कटमा धकेल्याे । केही समयका लागि समाचार कक्षहरू बन्द भए; जब सञ्चालन गर्न अनुमति दिइयो, तिनमा सैनिकहरूका बाक्लाे उपस्थिति थियो ।

अन्ततः, इन्टरनेटकाे पुनर्सञ्चालन पछि, मानिसहरूले आफ्नो विचार व्यक्त गर्न ब्लगहरूमा भर पर्न थाले । स्वयंसेवी भावमा ब्लगरहरूले देशमा राजनीतिक एजेन्डा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले । अचानक, व्यक्तिहरूले राजनीतिज्ञहरूलाई जवाफदेही बनाउन थाले । लोकतन्त्र पुनर्स्थापनाको सामूहिक अभियानमा, ब्लगिङ र पत्रकारिताबीचको सम्बन्ध स्थापित हुन थाल्यो ।

यसकाे ठीक बिपरीत, रायले भने आफ्नो व्यक्तिगत विचारलाई अभिलेख गर्न ब्लग सुरु गरेकी थिइन् । सामाजिक विज्ञान, प्रविधि र नवप्रवर्तनको संगममा काम गर्दै, उनले अन्तर्राष्ट्रिय विकासका मुद्दाहरूमा पनि ब्लग लेख्न थालिन् । उनले बङ्गाली भाषामा ब्लगहरू लेख्न थालिन् र समाचारमा कम ध्यान दिने पाठकहरूलाई आकर्षित गर्ने उपायका रूपमा लिमेरिक शैली अपनाइन् । सन् २००६ मा ग्लोबल भ्वइसेजमा संलग्न भएकी रायले ब्रिज ब्लगिङको उद्देश्यसहित ब्लगिङलाई “मानिसलाई मानिसका रूपमा बुझ्ने” अवसरका रूपमा हेरेकाे बताइन् । साथै, उनले सुनाइन्, “लेखन एकर्कासँग नजिक बनाउने र संसारलाई जोड्ने माध्यम थियाे ।”

तर केही समयपछि, मानिसहरू ब्लगका सट्टा इन्स्टाग्राम जस्ता प्लेटफर्मतर्फ आकर्षित हुन थाले। रायकाे सल्लाह छ, “आफ्नो विचार व्यक्त गर्न तपाईं माध्यमसँग सहज हुनुपर्दछ ।” जति मानिसहरूले भिडियो वा दृष्यहरूमा ध्यान दिन थाले, ब्लगिङ थप दृश्यात्मक बन्यो र प्रयोगकर्ताहरूले फेसबुक समूहमा लेख्न थाले र आफ्नो सामग्री क्रस-पोस्ट गर्न थाले ।

‘जहाँ मानिसहरू छन्, त्यही जानुस्’

अपर्णा राय, जो भारतकाे Newsmericks ब्लग लेख्छिन्, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको।

सन् २००४ मा, लङ-फर्म वा लामा लेख सिर्जना गर्न सजिलो थियो । सन् २००७ सम्ममा ट्विटर आइसकेकाे थियाे; स्मार्टफोनहरू लगत्तै केही समयपछि आए । ब्लगरहरू दुईवटा विकल्पका मझधारमा थिए: आफ्नो लेखकको शैलीलाई पछ्याउने वा नयाँ प्लेटफर्महरूमा सरेका भीड पछ्याउँदै उतै जाने । 

यो दुईधारे तरवार जस्तै रहेकाे राय बताउँछिन् । “हामी त्यहाँ जानुपर्छ जहाँ मानिसहरू छन्, तर छोटा-फर्म्याटवाला माध्यमहरूमा तपाईंले सन्दर्भ दिन सक्नुहुन्न र जड बनाई राख्न सक्नुहुन्न ।” साथै, उनले स्वीकारिन् कि केवल लेखनले पनि दर्शकलाई सीमित बनाउँछ । तैपनि, जानकारीको गहिराइ महत्त्वपूर्ण छ ।

फिलिपिन्सको संसदबाट पहिलो पटक लाइभ ट्वीट गरेका प्लाटिनाेले अन्तर्क्रिया खण्डमा, ब्लगिङ आवाजहरू प्रवर्धन गर्न, रोचक सामग्री सिर्जना गर्न, नयाँ दर्शकलाई आकर्षित गर्न र सम्बन्धलाई स्थापना गर्न उपयोगी रहेकाे बताए । “यो समुदाय निर्माणसम्बन्धी हो ।,” उनी स्पष्ट पार्छन्, विशेष गरी गलत सूचना फैलाउने खतरा र पहुँचको चुनौतीको सन्दर्भमा ।

ब्लगिङकाे अभिन्न अङ्ग सम्बन्ध र समुदायहरू हुन्

ग्लोबल भ्वाइसेसकी प्रबन्ध निर्देशक जर्जिया पपलवेल, जसले क्यारेबियनको पहिलो पोडकास्ट सुरु गरेकी थिइन्, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको ।

मानिसहरूले ब्लगिङ किन छाडे त? पपलवेलका लागि यसको एउटा कारण परिदृश्य परिवर्तन हुनु थियो । “अहिलेको संसार मैले सोचेर आएकी होइन,” उनी हाँस्दै भन्छिन् । सन् २००५ मा जब उनले क्यारेबियन फ्री रेडियो, क्यारेबियनको पहिलो पडकास्ट सुरु गरिन्, त्यतिबेला यो माध्यम-विशेष नभएको निर्माता र लेखकको लागि एकमात्र नयाँ क्षेत्र थियो जसमा उनी प्रवेश गरेकी थिइनन् — त्याे थियाे, ध्वनी । “म पडकास्टिङबाट आकर्षित भएँ,” उनी भन्छिन् ।

सामाजिक सञ्जालको युगभन्दा पहिले, पपलवेल सम्झन्छिन्, यदि तपाईंले त्रिनिडाड र टोबागो वा क्यारेबियनको खोजी गर्नुभयो भने, तपाईंले सजिलै अनुमान लगाउन सकिने तस्विरहरू मात्र भेटिन्थे: मेला वा कार्निभल, समुद्रका किनारहरू र विशिष्ट संगीतका विधाहरू, जस्तै— क्यालिप्सो, सोकारेगे । उनको विचारमा, उनको क्षेत्रलाई पडकास्टिङले अनलाइन दुनियामा विविधता भर्ने मौका दियाे । तर अहिलेको डिजिटल स्पेसमा, कार्निभल र समुद्रका किनारका अझ धेरै तस्विरहरू छन्, जुन पपलवेल सम्झन चाहन्नन् । उनी भन्छिन्, “मैले अन्ततः यी स्थानहरूलाई पूर्णतया बदलिएकाे पाए ।”

प्रेरणाका नयाँ ठाउँहरू

ग्लोबल भ्वाइसेसका दक्षिणपूर्वी एशियाका क्षेत्रीय सम्पादक र पूर्व युवा राजनीतिज्ञ, मोंग पलाटिनो, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको ।

जकरम्यानले २००० को दशकको सुरुवातमा ब्लगिङलाई “आश्चर्य र संयोगको समय” भनेर सम्झन्छन्, जहाँ अनपेक्षित ठाउँहरू पत्ता लगाउने र जाेडिने कुरा थिए । उसाे भए, आधुनिक डिजिटल स्पेसमा पूर्व ब्लगरहरूले आफ्नो प्रेरणा कहाँबाट पाइरहेका छन् त?

रायका लागि, त्यो जीभीको राइजिङ भ्वाइसेस हो । उनकाे देश भारत जहाँ टिकटकलाई समर्थन छैन, त्यहाँ वहुसंख्यक युवाहरू रील्स, सबस्ट्याक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा आफूलाई अभिव्यक्त गरिरहेका छन्, उनले बताइन् । उनी थप्छिन्, “सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई अभिव्यक्त त गरिरहेका छन् तर म यो [ब्लगिङ जस्तै] हो भन्नेमा निश्चित छैन ।”

सामाजिक सञ्जाल चलाउने बानी प्रायः उनको कामले निर्धारण गर्ने र त्यो युट्युब रहेकाे, वाग्ले बताउँछन् । उनी भन्छन्, “म एल्गोरिदमलाई म के हेर्छु भन्ने कुरा निर्धारण गर्न नदिने प्रयास गर्दैछु । मलाई नियन्त्रणमा रहन मन पराउँछु ।” यस सन्दर्भमा, जकरम्यानले भने, “ब्लगहरू एल्गोरिदमिक थिएनन् ।” उनले थपे, ब्लग रील्स र तपाईंका मनपर्ने ब्लगरहरूले कुन ब्लगहरू सब्स्क्राइब गरेका छन् भनेर हेरेर प्राप्त गरिने खोजहरूको धेरै हिस्सा अहिले एल्गोरिदमकाे जिम्मामा छ ।

पालाटिनो दिनहुँ जीभी पढेर प्रेरित हुन्छन् । उनी भन्छन्, “विभिन्न भागहरूमा के भइरहेको छ भन्नेमा तपाईं अझ धेरै चासो राख्नुहुन्छ । यसले नयाँ दृष्टिकोण ल्याउँछ, जुन मूल्यवान छ । हामी अन्य समाजहरूका सोचाइलाई हाम्रा आफ्ना समस्याहरू समाधान गर्न लागू गर्न सक्छौं ।” नव फिलिपिनो आवाजहरूका कुरा गर्दा, पालाटिनो आफ्ना बच्चाहरूको विचारलाई पछ्याउँछन् । उनी भन्छन्, “युवाहरूलाई आफ्ना विचार अभिव्यक्त गर्ने ठाउँ दिनु महत्त्वपूर्ण छ र हामीले उनीहरू कहाँ छन् भन्ने कुरा पत्ता लगाउनुपर्छ ।”

यसैबीच, पपलवेल भन्छिन्, कम्तिमा अंग्रेजी बोल्ने क्यारेबियनमा धेरै अनलाइन कुराकानी अझै पनि फेसबुकमा भइरहेको छ, जबकि युवा टिकटकमा छन् र धेरै सामग्री इन्स्टाग्राममा रील्सका रूपमा पुनःप्रकाशित भइरहेका छन् । उनी भन्छिन्, “धेरै हास्यस्पद छ ।”, यद्यपि यी नयाँ प्लेटफर्महरू परम्परागत अर्थमा राजनीतिक स्थान भने होइनन्, लैङ्गिक सम्बन्ध र अन्य महत्त्वपूर्ण विषयहरूमा रोचक र प्रदर्शनात्मक तरीकाले टिप्पणीहरू प्रस्तुत हुँदै गएका छन् । उनी भन्छिन्, “म गी कुराहरूप्रति अलिकति अधैर्य छु,” तर उनी स्वीकार्छिन्, “यो त्यही छ र स्वतन्त्र रूपमा बगिरहेको छ।”

प्रविधिक अज्ञानताकाे समाधान तर्फ

यस परिप्रेक्ष्यमा, प्यानलका सदस्यहरूले विभिन्न स्थानहरूमा मिडियाको उदयलाई स्थान दिन आफ्नो अज्ञानतालाई कसरी समाधान गर्छन्? “यसलाई पछ्याउन गाह्रो छ,” वाग्ले स्वीकार्छन्, नयाँ X/Twitter चुनौतीकर्ता ब्लुस्काईलाई उदाहरण दिँदै । “कुनै बिन्दुमा, तपाईंले मानिसहरू कहाँ छन् भनेर पत्ता लगाउने प्रयास गर्नुपर्छ, तर साथसाथै ‘किन?’ भन्ने आत्म-स्वार्थद्वारा प्रेरित हुनु पनि आवश्यक छ।”

राय ती प्लेटफर्महरूलाई आफ्नो “स्थान” भनेर पूर्ण रूपमा सहज महसुस गर्दिनन्, तर भन्छिन्, “यो मान्यता दिन महत्त्वपूर्ण छ कि विषयहरू परिवर्तनशिल छन् र झन् फराकिलाे दर्शकहरूसम्म पुग्नका लागि हामी आफै पनि बदलिनु आवश्यक छ ।”

जीभीको लक्ष्य अपरिवर्तित छ’

ब्लगिङको युगबाट भएकाे थालनी, जहाँ व्यक्तिगत र राजनीतिक अभिव्यक्तिको संगम स्थान ओगटिएको थियो, वर्तमान डिजिटल स्थानको विविधतासम्म, जहाँ मानिसहरूले अझै पनि फरक स्वरूपमा आफूलाई अभिव्यक्त गरिरहेका छन् र राजनीतिक कदम चालिरहेका छन्, जीभी समुदाय यस समयसँग कसरी अनुकूलित भइरहेको छ?

पपलवेलले राइजिङ भ्वाइसेसले प्रकाशन गरेका ताजा सामग्रीतर्फ इङ्गित गर्दै भन्छिन्, जसको ठूलो हिस्सा अंग्रेजीबाहेकका भाषाहरूमा छ । उनी यस पहललाई “नवीनताको केन्द्रबिन्दु” भनी उल्लेख गर्छिन् । राइजिङ भ्वाइसेसले धेरै भिडियो सामग्रीहरू उत्पादन गर्छ र समुदायले “अत्यधिक प्रतिभा र गतिशीलता” प्रदर्शन गर्छ ।

पहुँच विस्तार र प्रवर्धनको सन्दर्भमा, पालाटिनो विश्वास गर्छन्, “पाठकहरूलाई सन्दर्भ दिने प्लेटफर्मको सधैं आवश्यकता रहन्छ ।” तर एउटा सर्त के हुन्छ भने “फ्रेमिङ प्रदान गर्ने काम भने तपाईंकाे हाे ।” उनी थप्छन्, “त्यस्ता ठाउँहरूमा पनि हुनु अत्यावश्यक छ, जहाँ जानकारीलाई हेरफेर गर्ने उद्देश्य हुन्छ ।”

ग्लोबल भ्वइसेस जस्ता प्लेटफर्मबाट लाभ उठाउन सकिने कुरमा वाग्ले सहमत भए । जसले उनलाई विश्वव्यापी दर्शक हासिल गर्नका साथै उनका सामग्रीलाई विभिन्न भाषाहरूमा अनुवाद गरेर सीमान्तकृत समूहहरूप्रति परिचित र पुहँच दिन मद्दत गर्याे । 

“जसरी सबैले छोटो स्वरूपमा आफूलाई अभिव्यक्त गरिरहेका छन्,” राय थप्छिन्, “व्याख्या गर्ने ठाउँ धेरै छैन । यो त टुक्राटाक्रीहरूलाई एकसाथ गाँसेर सिङ्गाे बुझाई प्रदान गर्ने कुरा जस्तो छ । [ग्लोबल भ्वइसेस] पूरै लुगा एकसाथ गाँसिरहेको छ ।”

]]>
0
जोखिमपूर्ण हिमाली जनजीवन https://ne.globalvoices.org/2024/10/20/3626/ https://ne.globalvoices.org/2024/10/20/3626/#respond <![CDATA[Dilli Rai]]> Sun, 20 Oct 2024 17:05:15 +0000 <![CDATA[अंग्रेजी]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[नेपाली]]> <![CDATA[प्रकोप]]> <![CDATA[प्रशासन]]> <![CDATA[मानव अधिकार]]> <![CDATA[वेबलग]]> https://ne.globalvoices.org/?p=3626 <![CDATA[भविष्यमा नेपालमा हिमताल विस्फोट र गेग्य्रान बहावका घटनाहरू बारम्बार दोहोरिने र झन् विनाशकारी हुने छन् जसले जलवायु परिवर्तनको परिणामस्वरूप हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई इङ्गित गर्छ।]]> <![CDATA[

थामेमा हालै आएको बाढीले हिमाली क्षेत्रको जलवायु जोखिमलाई उजागर गरेको छ र तयारीको आवश्यकतालाई जोड दिएको छ

A devastating flash flood, accompanied by a mudslide and debris, swept through Thame village in Solukhumbu district. Screenshot from YouTube video by Anand Nepal. Fair use.

सोलुखुम्बु जिल्लाको थामे गाउँ लेदो र गेग्य्रानसँगै आएको विनाशकारी बाढीले बगाएको छ। आनन्द नेपालको युट्युब भिडियोको स्क्रिनसट। डिजिटल प्रतिलिपि अधिकार।

सोनिया अवालेको यस लेख प्रथम पटक नेपाली टाइम्समा प्रकाशित भएको थियो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत सम्पादित संस्करण पुन: प्रकाशित गरिएको छ।

अगस्ट १६ मा बिहानको ठीक ९ बजे तिब्बती पठारको सिजाङमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको चार घण्टापछि नेपालमा ६५ किलोमिटर टाढा रहेको हिमताल विस्फोट भएर तल्लो भेगमा विनाशको श्रृंखला निम्त्यायो।

हिमताल विस्फोट हुनुको वास्तविक कारण यकिन भएको छैन; नजिकै गएको भूकम्पको कम्पनले तेन्जी रागी ताउ हिमालको दक्षिणी थुम्कोमा हिमपहिरो गएर वा भारी मनसुन वर्षाको कारण हिमोट खसेर ताल फुटेको हुन सक्छ।

कारण जेसुकै भए पनि, पग्लिएको हिउँ तल्लो तालतर्फ बग्यो, जसले गेग्य्रानको बहावलाई सक्रिय बनायो र उपत्यकाबाट थामे गाउँसम्म पुग्यो। भाग्यवश, विद्यालयका बालबालिकाहरू शुक्रबार बिहान चाँडै घर गएका थिए र त्यहाँका बासिन्दाहरूले नजिकै ठूलो आवाज सुनेपछि सुरक्षित स्थानमा भागेका थिए। त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन।

अगस्ट ४, १९८५ मा नजिकैको उपत्यकामा रहेको दिग्च्छो भनेर चिनिने एउटा ठुलो तालमा हिमपहिरो खसेपछि ताल फुट्दा थामेले एउटा दु:खद घटनाको सामना गर्‍यो। त्यस पश्चात् आएको बाढीले १२ जनालाई बगाएको थियो, नवनिर्मित जलविद्युत प्लान्ट ध्वस्त भयो, र सगरमाथा पद मार्गको एक भाग बग्यो।

हिमनदीविद् तेन्जिङ चोग्याल शेर्पा नाम्चे बजारमा रहेको आफ्नो घर अग्लो स्थानमा भएकाले सुरक्षित रहन सकेको आफ्नी आमाले बताएको सम्झन्छन्।

“आफ्नो घर सुरक्षित रहेतापनि बाटो क्षतिग्रस्त भएकाले खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको उनले बताइन्। काठमाडौं स्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा कार्यरत तथा हिमालयमा जलवायु-जन्य पकोपको मानचित्रका लागि रिमोट सेन्सिङ प्रयोग गर्ने शेर्पा कुनै बेला आफ्नो परिवार सडेको आलु खाएर गुजारा चलाउन बाध्य भएको” कुरा सम्झन्छन्।

थामेमा यस हप्ता आएको बाढीले हिमाली जीवनको जोखिमलाई स्मरण गराउने तेन्जिङको भनाइ रहेको छ, यो जोखिम जलवायु परिवर्तनको कारणले उल्लेखनीय रूपमा बढेको छ।

“दक्षिणमा सम्भावित जोखिमपूर्ण हिमताल लुम्दिङच्छो रहेको छ, जुन दुधकोशी नदीमा मिसिन्छ र रोल्वालिङको पश्चिममा च्छो रोल्पा छ, यो ताल अहिले तीन किलोमिटर लामो छ। र उत्तरमा दिग्च्छो छ, जुन १९८५ मा फुटेको थियो,” शेर्पा भन्छन्।

Dig Tsho glacial lake. Image via Flickr by Matt Westoby. CC BY-NC-ND 2.0.

दिक त्शो (दिग्च्छो) नाम्चे, नेपालको हिमताल। तस्वीर: म्याट वेस्टोबी फ्लिकर। CC BY-NC-ND 2.0.

“हामी दिग्च्छो बाढी पछिको सबैभन्दा खराब प्रकोपको सामना गरिरहेका छौं। यो खुम्बु क्षेत्रको लागि मात्र नभइ सम्पूर्ण हिमाली क्षेत्रका लागि महत्त्वपूर्ण चेतावनी हो, जसले हामीलाई हाम्रा दृष्टिकोणहरूमा पुनर्विचार गर्न, जोखिम न्यूनीकरण गर्न विकल्पहरू पहिचान गर्न र सुरक्षात्मक उपायहरू खोज्न प्रेरित गर्छ,” उनी थप्छन्।

सन् २०२१ मा मेलम्ची डाइभर्सनलाई ध्वस्त पार्ने बाढी, गत वर्षको सिक्किमको ठुलो बाढी वा हिमाली जिल्ला मुस्ताङको कागबेनी गाउँलाई ध्वस्त पार्ने गेग्य्रान बहावको तुलनामा थामे बाढी सानो प्रकृतिको प्रकोप थियो। यी सबै प्रकोप चरम वर्षाका कारण हिमताल फुट्ने वा हिमोट भत्किने गर्नाले भएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनिल पोखरेल गाँउ माथिका हिमनदीहरू निरीक्षण गर्न भदौ १७ गते बिहान थामे गएका थिए। उनले टासी लाप्चा पास मुनि रहेका पाँचमध्ये दुई साना हिमताल फुटेर बाढी आएको पुष्टि गरे। स्याटेलाइट डेटाले दुई वर्षअघिसम्म उक्त स्थानमा चारवटा मात्र हिमताल रहेको देखाएको छ।

हिमालय पर्वत शृङ्खलामा अहिले हजारौं नयाँ हिमतालहरू छन् जसको नाम समेत छैन। नेपालमा सबैभन्दा जोखिमपूर्ण २० वटा हिमतालहरू देशको मध्य र पूर्वमा अवस्थित छन् तर चीनमा दर्जनौं विस्तारित तालहरू छन् जुन दुईवटा भोटेकोशी, अरुण र तामाकोशी जस्ता नदीहरूको सहायक नदीहरूमा मिसिन्छन्।

यी हिमतालहरूमध्ये केही आफ्नो आकार, विस्तार भइरहेको दर, र तल्लो भेगको बासिन्दाका निम्ति सम्भावित खतराका कारण भयावह छन्-जस्तै च्छो रोल्पा, इम्जाच्छो, र थुलागी।

तर, थामे बाढी र सन् १९७७ मा आमादब्लम हिमाल मुनिको नारे हिमतालजस्ता अन्य साना तालहरूले पनि ठूलो क्षति पुर्‍याउने देखाउँछन्।

थामेमा जस्तै अपेक्षाकृत सानो बाढीले पनि तल्लो भेगमा टाढासम्म क्षति पुर्‍याउन सक्छ। ओखलढुंगाको दुधकोशीमा रहेको रु ८ करोड (५ लाख ९६ हजार अमेरिकी डलर) मूल्यको पुल ध्वस्त पार्दै गेग्य्रान तीव्र गतिमा तल्लो भेगतर्फ बगेको थियो। तल्लो भेगका अधिकांश गाउँहरू खाली गरिसकिएको हुनाले कुनै हताहत हुन पाएन। बाढी ठुलो भएको भए यसले दुधकोशीमा ठूला जलविद्युत आयोजनालाई खतरामा पार्ने थियो।

थामे ३,८४० मिटरको उचाइमा छ, तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पोखरेल भन्छन् उनी यस हप्ता त्यहाँको असामान्य न्यानोपनले छक्क परे। उनी भन्छन्, “काठमाडौंमा भएको जस्तै अनुभव थियो।” “र स्याटेलाइट इमेजरीले गत महिना माथिल्लो भेगमा हिउँ तीव्र गतिमा पग्लेको देखाउँदछ जसले दुई तालहरूको क्रमिक विस्फोट निम्त्याएको हुन सक्छ।”

थामेको अवलोकनपछि आफ्नो प्रारम्भिक प्रतिवेदनमा पोखरेलले हिमतालको विस्फोट बिन्दु नजिकैको फोर्से वर्षा मापन केन्द्रले दैनिक ६५ मिलिमिटर वर्षा मापन गरेको उल्लेख गरे। उनले लेखे:

On August 16th, the temperature rose to a maximum of 15.9°C. On the same day, at the Rakhuwabazar Precipitation Monitoring Station in Khotang district near the Dudh Kosi River, the water level rose from 4.29 meters at 5:10PM to 5.53 meters at 5:40PM.

अगस्ट १६ मा, तापक्रम बढेर १५.९ डिग्री सेल्सियस पुग्यो। सोही दिन खोटाङ जिल्लास्थित रखुवाबजार, दुधकोशी नदी नजिक रहेको वर्षा मापन केन्द्रमा जल स्तर साँझ ५ बजेर १० मिनेटमा ४.२९ मिटरबाट बढेर ५ बजेर ४० मिनेटमा ५.५३ मिटर पुगेको थियो।

भविष्यमा नेपालमा हिमताल विस्फोट र गेग्य्रान बहावका घटनाहरू बारम्बार दोहोरिने र झन् विनाशकारी हुने छन् जुन दैनिक जीवनको हिस्सा जस्तै बन्नेछ। हिमालयमा भूकम्पीय जोखिमले जलवायु संकटसँग सम्बन्धित जोखिमलाई थप जटिल बनाउँछ।

स्थानीय समुदाय र सरकारहरूसँग पूर्व चेतावनी प्रणालीहरू स्थापना गरेर, साना विकेन्द्रीकृत जलविद्युत आयोजनाहरूको निर्माण गरेर, बस्तीहरू र पूर्वाधारहरूलाई उच्च स्थानमा स्थानान्तरण गरेर, र विस्तृत जोखिम म्यापिङ सञ्चालन गरेर अनुकूलन गर्नुको विकल्प छैन।

शेर्पा भन्छन्, “हामी स्याटेलाइट म्यापिङमा मात्र भर पर्न सक्दैनौं र हाम्रो जस्तो विविधतायुक्त भूगोल र हावापानी भएको देशमा किन स्थलगत अवलोकन महत्त्वपूर्ण छ भनी थामेले देखाएको छ।” “हिमालय क्षेत्रमा ५० हजारभन्दा बढी हिमनदी छन् र हामीले तीमध्ये एक प्रतिशत पनि अध्ययन गरेका छैनौं।”

स्थलगत डाटाको अभावको बाबजुद, रिमोट सेन्सिङ प्रविधिमा उल्लेखनीय प्रगतिहरू भएका छन् जसले यस डाटा अन्तरलाई पूरा गर्न र गतिशील हिममण्डल बुझ्न मद्दत गरेको छ। इसिमोडको प्रतिवेदनले हालैका दशकहरूमा ग्लेशियर द्रव्यमान ६५ प्रतिशतले वृद्धि भएको देखाउँछ। प्रतिवेदनले आगामी शताब्दीमा बाढीको जोखिम अझै बढ्न सक्ने चेतावनी दिएको छ।

नेपालका धेरै नदीहरू सीमापार हुँदै बगेर आउने भएकाले चीनसँग द्विपक्षीय पूर्व चेतावनी संयन्त्र पनि जरुरी छ। परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै, नेपाललाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमलाई प्रभावकारी रूपमा सामना गर्न हानि तथा नोक्सानको क्षतिपूर्तिको अतिरिक्त अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहिन्छ।

गत वर्ष, तेन्जिङ चोग्याल शेर्पाले जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरू सम्बोधन गर्न स्थानीय समुदायहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले #SaveOurSnow भनिने विश्वव्यापी पैरवी अभियान सुरु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

#SaveOurSnow अभियान मार्फत हिमाली समुदायहरूले मनसुनको चरम स्थिति, सुख्खा मुहान, हिउँदमा खडेरी, र लु चल्दा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सक्ने आशा राख्छन् ताकि उनीहरू अनुकूलन गर्न सकून् र बाँच्न सकून्। शेर्पा भन्छन्:

 As glaciers melt and lakes expand, disasters like Thame will be more frequent, we have to adapt. We need to tell our stories to the world, even as they continue to debate on the topic, we are already facing the brunt of it without having caused it ourselves. At local levels, we have to get back on our feet and prepare for what's coming.

हिमनदी पग्लने र तालहरू विस्तार हुँदै जाँदा थामे जस्ता विपद् बारम्बार दोहोरिने छन्, हामीले अनुकूलन गर्नुपर्छ। हामीले हाम्रा अनुभवहरू संसारलाई बताउनै पर्छ। यस विषयमा बहस चलिरहँदा, त्यसका लागि हामी जिम्मेवार नभए पनि हामीले परिणाम भोगिरहेका छौं। हामीले स्थानीय स्तरमा हाम्रो स्थायित्व पुनर्स्थापना गर्नुपर्छ र भविष्यमा आउने चुनौतीका लागि आफूलाई तयार राख्नुपर्छ।

]]>
0
ग्लोबल भ्वाइसेज शिखर सम्मेलन २०२४ को घोषणा: हामी तपाईंलाई डिसेम्बर ६-७ काठमाडौं, नेपालमा स्वागत गर्न उत्सुक छौं ! https://ne.globalvoices.org/2024/10/18/3608/ https://ne.globalvoices.org/2024/10/18/3608/#respond <![CDATA[Dilli Rai]]> Fri, 18 Oct 2024 11:52:46 +0000 <![CDATA[Announcements]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> https://ne.globalvoices.org/?p=3608 <![CDATA[हामी विश्वव्यापी दृष्टिकोणबाट डिजिटल मिडिया, ज्ञान र सक्रियताबारे छलफल गर्न विश्वभरका पत्रकार, कार्यकर्ता, प्राविधिक र अन्यलाई बोलाउने छौँ।]]> <![CDATA[

फोटो-काठमाडौं दरबार स्क्वायर, मार्टिन भोन्क, अनस्प्लास

ग्लोबल भ्वाइसेज शिखर सम्मेलनको २०२४ संस्करण डिसेम्बर ६-७ मा नेपालको काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजना हुने घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।

ग्लोबल भ्वाइसेजको नवौं शिखर सम्मेलन विश्वमा प्राचीनकालदेखि नै मानव जाति बसोबास गर्दै आइरहेका क्षेत्रहरूमध्ये एक सहरमा आयोजना गरिनेछ, एउटा जीवन्त सहर जुन आफ्नो बहु-जातीय समुदाय, कला र वास्तुकलाको विरासतका लागि परिचित छ। हामी पत्रकार, अनुवादक, अभियन्ता, प्राविधिक, नीति निर्माता, विकास विज्ञ र विश्वका विभिन्न भागका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउन काठमाडौंमा भेला हुनेछौं। हाम्रो भेलाको उद्देश्य विश्वव्यापी दृष्टिकोणबाट डिजिटल मिडिया, ज्ञान, र सक्रियताको बारेमा छलफलमा संलग्न हुनु हो।

विगतका ग्लोबल भ्वाइसेज शिखर सम्मेलनहरू जस्तै, २०२४ संस्करणले पनि विविध र गतिशील विश्वव्यापी समुदायसँग सिक्ने र सहयोगको लागि अद्वितीय अवसर प्रदान गर्नेछ।  

दुई दिने अन्तरक्रियात्मक छलफल र कार्यशालाहरूमा, हामी स्वतन्त्र अभिव्यक्ति, भाषा विविधता, र सकारात्मक तथा नकारात्मक दुवै रूपमा प्रभाव पार्ने कारकहरूसँग सम्बन्धित चुनौती र अवसरहरूको खोजी गर्नेछौं। हामी विश्वव्यापी दमन र डिजिटल अधिनायकवाद लगायतका चुनौतीहरूको विश्लेषण गर्नेछौं, विभाजित इन्टरनेट परिदृश्यमा खुला ज्ञान पहलहरू खोज्नेछौं, र मिडिया विकास, राजनीतिक सक्रियता, र वातावरणीय न्यायको सन्दर्भमा थर्ड पोलबाट सिक्नेछौं।

सहयोगीहरू-डब्ल्यू के केलग फाउण्डेसन, म्याकअर्थर फाउण्डेसन, नेपाली टाइम्स, अकाउन्टेबिलिटी ल्याब, सीएमआर नेपाल जर्नालिज्म एकेडेमी र अन्य। आफ्नो स्थान सुरक्षित गर्न आजै दर्ता गर्नुहोस् र कार्यक्रम बारे थप जानकारीको लागि सम्पर्कमा रहनुहोस्! 

 

]]>
0
आमा र छोराबीचको सम्बन्धको मार्मिक कथा भन्ने किर्गिस्तानको ब्लकबस्टर फिल्म https://ne.globalvoices.org/2024/09/02/3544/ https://ne.globalvoices.org/2024/09/02/3544/#respond <![CDATA[Deb Tamrakar]]> Mon, 02 Sep 2024 12:11:35 +0000 <![CDATA[Roundups]]> <![CDATA[अंग्रेजी]]> <![CDATA[इतिहास]]> <![CDATA[कला र संस्कृति]]> <![CDATA[किर्गिजस्तान]]> <![CDATA[धर्म]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[फिचर]]> <![CDATA[फिल्म]]> <![CDATA[मध्य एशिया र काकेशस]]> <![CDATA[वेबलग]]> https://ne.globalvoices.org/?p=3544 <![CDATA[यस चलचित्रका निर्देशक रुस्लान अकुनका अनुसार यसको मुख्य लक्ष्य भनेको मानिसहरूलाई एकअर्काप्रति दयालु बन्न र असल काम गर्न प्रेरित गर्नु हो।]]> <![CDATA[

फिल्म अन्त्य हुने बेलासम्म प्रायः सबैको आँखामा आँशु हुन्छ

फिल्म “बेयिश एनेनिन तमनिंदा” (आमाको खुट्टामुनि स्वर्ग छ) को पोस्टर। एर्लन एंडाशेवको यूट्यूब च्यानलमा भिडियो “Эрлан Андашев – Апа (“OST БЕЙИШ-ЭНЕНИН ТАМАНЫНДА”)” बाट लिइएको स्क्रिनसट। न्यायसंगत प्रयोग।

मार्च १ मा, किर्गिस्तानका सिनेमा घरहरूमा “बेयिश एनेनिन तमनिंदा” (आमाको खुट्टामुनि स्वर्ग छ) भन्ने नयाँ किर्गिज चलचित्रको प्रिमियर भयो। फिल्मले ३५ वर्षीय आदिल र उसको ७५ वर्षीया आमा रायखानको कहानी बताउँछ, जसमा आदिलको बौद्धिक विकास ८ वर्षको बच्चाको स्तरमा रोकिएको हुन्छ। दर्शकहरू आदिलको यात्रामा सामेल हुन्छन्। उसले आफ्नो आमालाई धार्मिक स्थल मक्कामा हज गर्न किर्गिस्तानबाट साउदी अरबसम्म ठेलागाड़ीमा लैजान्छ।

यस्तो छ युट्युबमा यस चलचित्रको ट्रेलर।

आदिललाई उसको आमाले हुर्काउँछिन्। उसलाई ऊ भगवानको मनपर्ने मानिसहरु मध्ये एक हो र स्वर्गमा जानेछ भनेर उपहासबाट बचाउने प्रयास गर्छिन्। आफ्नो एक साथीबाट जसका छोराहरूले उनीहरूका आमाहरूलाई हजको लागि मक्का लैजान्छन्, ती  आमाहरूहरू स्वर्ग जान सक्छन्, भन्ने कुरा थाहा पाएपछि आदिलले पनि त्यस्तै गर्ने निर्णय गर्छ ताकि यो सुनिश्चित् होस् कि उसको आमा पनि स्वर्गमा पुग्न सकुन् र आमा छोरा दुवै सँगै बस्न सकुन् ।

उनीहरूको लामो र खतरनाक पैदल यात्रामा उनीहरू धेरै देशहरू पार गर्छन् र असल मन भएका अपरिचितहरूको सहयोगले उनीहरूलाई धेरै चुनौतीहरूसँग लड्न मद्दत गर्दछ। फिल्म सुखद क्षणहरूले भरिएको छ जब अपरिचित व्यक्तिहरू नि:स्वार्थ रूपमा आदिल र उसको आमालाई सहयोग गर्छन्। चलचित्रका निर्देशक रुस्लान अकुनका अनुसार चलचित्रको मुख्य लक्ष्य भनेको मानिसहरूलाई एकअर्काप्रति दयालु बन्न र असल काम गर्न प्रेरित गर्नु हो।

यहाँ चलचित्र निर्देशक र मुख्य कलाकारहरुसँगको कुराकानीवाला एक यूट्यूब भिडियो देखाइएको छ।

तीर्थयात्राको पैदल मार्गलाई देखाउनको लागि विभिन्न सात देशहरू किर्गिस्तान, उज्बेकिस्तान, काजाकिस्तान, अजरबैजान, टर्की, सिरिया र साउदी अरेबियामा चलचित्र छायांकन गरिएको थियो, जसले यसलाई किर्गिजस्तानको इतिहासमा निर्माणको हिसाबले सबैभन्दा ठूलो फिल्म परियोजना बनाएको छ। मुख्य अभिनेता र सह-स्क्रिन लेखक, एमिल एसेनलिएवका अनुसार, धेरै स्थानहरूमा फिल्मको शूटिंगसँग सम्बन्धित प्रशासनिक र तार्किक अवरोधहरू पार गर्नमा किर्गिस्तानका राष्ट्रपति सदीर जापारोवको योगदान महत्त्वपूर्ण थियो।

जापारोवको फिल्मको लागि समर्थन संयोग मात्र होइन र परम्परागत मूल्यहरूलाई बढावा दिने उनको व्यापक नीतिमा फिट हुन्छ। उदाहरणका लागि सन २०२२ मा, उनले “राष्ट्रिय परम्परामा” निर्णयमा हस्ताक्षर गरे र सरोकारवालाहरूलाई किर्गिज परम्पराहरू प्रचारप्रसार गर्न जनतामाझ आउटरिच कार्य सञ्चालन गर्न आग्रह गरे, जसमा बुढेसकालमा आमाबाबुलाई सम्मान गर्ने र सेवा गर्ने परम्परा पनि समावेश छ, जुन कुरा यस फिल्मले प्रोत्साहन गरेको छ।

किर्गिस्तानका इस्लामिक धर्मगुरुहरूले पनि फिल्मको प्रिमियरमा उपस्थित भएर र पछि यसको प्रशंसा गर्दै समर्थन गरेका छन्। यस फिल्मलाई इस्लामको प्रचारको रूपमा लिन सकिन्छ। किनकि यो इस्लामको स्तम्भहरू मध्येएक, हजको वरिपरि केन्द्रित छ, र यसको नाम पैगम्बर मुहम्मदको भनाइबाट लिइएको छ, जसले भनेका थिए कि आमाको खुट्टामुनि स्वर्ग हुन्छ। निस्सन्देह, यसले सोभियत संघको विघटनपछि सन् १९९१ मा देश स्वतन्त्र भएपछि किर्गिज समाजमा इस्लामले खेलिरहेको बढ्दो ठूलो भूमिकालाई झल्काउँछ। उदाहरणका लागि, यस देशमा मस्जिदहरूको संख्या सन् १९९१ मा ३९ बाट बढेर २०२० मा २,६६९ पुगेको छ।

फिल्मलाई अन्य पाँच भाषाहरूमा अनुवाद गर्ने र कम्तिमा तीन अन्य देशहरूको सिनेमहलहरूमा देखाउने योजनाको साथ, यस देशको आधुनिक इतिहासमा किर्गिज फिल्म उद्योगको अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। यद्यपि यो अभूतपूर्व उचाइबाट टाढा छ जुन यो उद्योग सन् १९६० र १९७० को बीचमा पुगेको थियो र “द किर्गिज़ वंडर” को उपयुक्त उपनाम प्राप्त गरेको थियो।

यहाँ सन् १९६० र १९७० को दशकको बीच किर्गिज फिल्म उद्योगको सफलताको बारे एक यूट्यूब भिडियो प्रस्तुत गरिएको छ।

यस सन्दर्भमा, रुस्लान अकुनको नयाँ फिल्म विगत युगका उत्कृष्ट किर्गिज फिल्महरूकै कदम अनुसार चल्दैछ जुन किर्गिस्तानभन्दा बाहिर लोकप्रिय थिए र जसले बक्स अफिसमा करोडौं डलर कमाए र यहाँसम्म कि ओस्करको लागि समेत मनोनयनमा परेका थिए।

]]>
0
न्याना मेरा हातहरू: एक नेपाली नवविवाहित जोडीको कथा https://ne.globalvoices.org/2024/09/02/3535/ https://ne.globalvoices.org/2024/09/02/3535/#respond <![CDATA[Deb Tamrakar]]> Mon, 02 Sep 2024 10:54:55 +0000 <![CDATA[Humor]]> <![CDATA[अंग्रेजी]]> <![CDATA[कला र संस्कृति]]> <![CDATA[द ब्रीज]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[फिचर]]> <![CDATA[साहित्य]]> https://ne.globalvoices.org/?p=3535 <![CDATA["अब काठमाडौंमा, कल्पनालाई महसुस हुन्छ कि यहाँको जीवन त्यो कहानीसँग मेल खाँदैन जुन उनले घरमा धेरै पटक सुनेकी थिइन्।"]]> <![CDATA[

जब एउटी युवती विवाह गरेर ठुलो शहर काठमाण्डौ जान्छिन्

Image by Pratibha Tuladhar via Nepali Times. Used with permission.

प्रतिभा तुलाधरद्वारा खिँचिएको नेपाली टाइम्समार्फत अनुमतिपश्चात् प्रयोग गरिएको तस्वीर।

यो कथा प्रतिभा तुलाधरद्वारा  लेखिएको वास्तविक मानिसका जीवनमा आधारित मासिक स्तम्भ सबअर्बन टेल्स श्रृंखलाको एक हिस्सा हो र मूलतः नेपाली टाइम्समा प्रकाशित भएको थियो। सामग्री साझेदारी सम्झौताअन्तर्गत यहाँ सम्पादित संस्करण ग्लोबल भ्वाइसेजमा पुन: प्रकाशन गरिएको छ।

जब कल्पनाले पहिलो पटक आफ्नो भावी पतिको हात समातिन्, तब उनको दिमाग आफ्नो गृहनगरको समतल जमीनबाट हटेर छिट्टै उनको नयाँ घर बन्न लागेको काठमाडौंको फराकिलो सडकमा पुग्यो। उनी उठिन्, आफ्नो पतिको अनुहारमा हेरिन् र मुस्कुराईन्; उनको पछाडि फैलिएको गहुँको खेत एक सुनको पर्दाजस्तो देखिन्थ्यो र उनलाई तुरुन्तै त्यो क्षणको फोटो खिच्ने मन भयो। उनले सोचिन् कि शायद काठमाडौंमा राम्रो क्यामेरा भएको नयाँ फोन लिन सम्भव होला र उनले फेसबुकमा धेरै तस्बिरहरू पोस्ट गर्न सक्नेछिन्।

त्यस क्षणको एक वर्षपश्चात् कल्पनाले आफूलाई काठमाडौंको ब्युटी पार्लरको बन्द कोठामा पाउँछिन्। अहँ हैन, उनी आफ्नो आँखीभौं बनाइरहेकी छैनन्, न त उनले कपाल काटिरहेकी छिन्। अहिले त्यो ठाउँ, उनको काम गर्ने ठाउँ भएको छ। हरेक दिन १० देखि ५ बजेसम्म।

“वास्तवमा काम गर्ने समय त्यति खराब छैन,” उनी भन्छिन्। “पैसा त्यति धेरै छैन, तर मलाई काम दिने मान्छे भन्छन् कि ग्राहकहरुले टिप्स दिनेछन्।”

आफ्नो गृहनगरमा कल्पनाले धागोको प्रयोग गरेर आँखीभौंहरू टिप्ने, टिनको भाँडोमा मैन तताउने र त्यसलाई कपडाको पट्टिले निकाल्ने र फेशियल गर्न आएका महिलाको अनुहार र काँधमा मसाज गर्ने तालिम लिएकी थिइन्। उनका साथीहरूले उनलाई काठमाडौं जानुअघि यो सिक्नु सबैभन्दा राम्रो सीप हो भनी सल्लाह दिएका थिए। “काम खोज्न सजिलो छ,” तिनीहरूले भनेका थिए। “र यदि तपाईं विदेश जाँदै हुनुहुन्छ भने, अझ राम्रो हुनेछ। महिलाहरू ब्यूटी पार्लरहरूमा साँच्चै राम्रो कमाउँछन्।”

अब काठमाडौंमा, कल्पनालाई महसुस हुन्छ कि यहाँको जीवन त्यो कहानीसँग मेल खाँदैन जुन उनले घरमा धेरै पटक सुनेकी थिइन्।

उनले बाल्यकालमा आफन्तहरू भेट्न केही हप्ता काठमाडौंमा बिताएकी थिइन्, त्यसैले पक्कै पनि उनलाई यो शहरको बारेमा थाहा थियो। तर उनले वयस्कको रूपमा भेटेको काठमाडौं अलग, अँध्यारो र उदासीन थियो। बस सवारी अब आरामदायक होइन तर गाह्रो परीक्षा जस्तै हुन थाल्यो। उनी प्रायः जसो अन्य यात्रुहरूबाट नकुल्चिइकन उभिनको लागि ठाउँ खोज्न संघर्ष गर्छिन्। यो उनको लागि कुनै नौलो कुरा होइन तर चिंताजनक पक्कै हो, कसैको कुहिनो उनको अनुहारमा ठोक्किन्छ, कसैले निजी अंग उनको जीउमा टसाउँछ, कसैको ह्वास्स गन्हाउने सास उनको कपालमा पर्छ। कहिलेकाहीँ त उनको आँखा निन्द्रामा मस्त हुन्छ जबसम्म कन्डक्टरले “बालाजु!” भनेर भन्दैन।

यो यात्रामा उनको प्रति महिना ५००० नेपाली रुपैया (३८ अमेरिकन डलर) खर्च हुन्छ। “थुक्क!” उनी मन मनै सोच्छिन्। कल्पनाले बस यात्राभरि सुस्केरा हाल्छिन्।

पार्लरमा सुरुका केही हप्ताहरूमा काम भनेको अन्य महिलाहरूसँग घुम्ने, गफ गर्ने, १५० रुपैयाँ (१.१३ अमेरिकन डलर) पर्ने बफ मोमो हप्तामा एक पटक खाने देखिन्थ्यो। प्रायःजसो ६० रुपैयाँ (४५ अमेरिकन सेन्ट) को चनासँग मसालेदार वाईवाई (इंस्टेंट नूडल्स)को कचौरा हुन्थ्यो। कल्पनाले आफ्ना स्कूलका दिनहरूमा बाल्यकालका साथीहरूसँग समय बिताएजस्तै पारिवारिक वातावरण पाएको महसूस गरिन्।

पार्लरमा काम गरेको दुई महिनाभन्दा कम समयमै कल्पनाले आफ्नो जिम्मेवारी बढ्न थालेको बताइन्। मालिकले उनलाई भन्यो कि व्यापार सुस्त छ र शहरमा पसलहरू बन्द हुँदैछन्, र उनले यसलाई जारी राख्नको लागि केही तरिका सोच्नुपर्ने हुन्छ। उनले त्यो ठाउँ कि त बेच्नुपर्ने वा नयाँ तरिकाले फेरि सुरु गर्नुपर्ने बताइन् ।

त्यसबेला कल्पनालाई चिन्ता थियो कि व्यवसाय बेच्नुको अर्थ आफूलाई जागिरबाट निकालिने छ। उनी बस भाडा र खाजा खर्च तिरेर मासिक तीन हजार रुपैयाँ जोगाउन सक्थिन्। आजकल उनी कहिलेकाहीँ मालिकले वास्तवमै आफ्नो व्यवसाय बिक्री वा बन्द गरोस् भन्ने कामना गर्छिन्। तर वास्तवमै त्यो भएन।

उनको रोजगारदाताले तुरुन्तै सबै ठीक गरी दिए। उनले व्यवसायको बोर्डमा “मसाज” शब्द थपिन्। र पहिले फेशियल सेवा प्रदान गर्न प्रयोग हुने उच्च ओछ्यान खाटहरू चाँडै मसाज टेबलमा परिणत भए। ती महिलाले कल्पनासँगै काम गर्ने तीनै महिलाहरूलाई कहाँ थिच्ने, कहाँ बल लगाउने, कहाँ मालिश गर्ने, कहाँ रगड्ने र कहाँ रोल गर्ने जस्ता तालिम पालैपालो दिइन्।

एक मसाजवालीको रूपमा आफ्नो नयाँ भूमिकामा कल्पनाले कहिलेकाहीं आफूले पुरुष र साथ साथै महिलाहरूलाई पनि सहयोग गरिरहेकी हुन्छिन्। पुरुषहरू प्रायः थलथले पेट भएका, अधवैंशे पुरुषहरू हुन्छन् जो चुपचाप भित्र आउँछन् र झटपट जान्छन्।

“एक पटक एक व्यक्तिले मलाई अनुचित प्रकारको सेवा माग्यो, र मलाई थाहा थिएन कि म क्रोधित थिएँ वा डराएको थिएँ। म कोठाबाट बाहिर निस्केर दिदीलाई बोलाएँ । तर दिदीले भनिन् कि केही ग्राहकहरूलाई खुसी पार्न गाह्रो छ, र दिदीले त्यस व्यक्तिलाई गर्नुपर्ने बाँकी सबै कामको लागि मेरो ठाउँ लिईदिईन्।”

कल्पनाका हातहरू स्कुलकी छात्राको जस्तै साना छन् र कसैले पनि कल्पना गर्न सक्दैनन् कि त्यस्ता साना हातहरूले कसरी पुरै ढाड वा पिंडौलामा मालिश गर्न सक्छन्। ती साना हातहरूले।

“मेरो श्रीमानलाई थाहा छैन। उनले अझै पनि यो पार्लर मात्रै हो भन्ने सोच्छन्, यो हो पनि। यदि म मसाजवालीको रूपमा पनि काम गरिरहेको छु भन्ने उनलाई थाहा भएमा शायद मलाई मार्न सक्छन्। मार्नु हुन्छ। यदि मैले अर्को काम पाएँ भने यो काम छोड्नेछु। यहाँसम्म कि घरेलु कामदारको काम पाएँ भने पनि।”

कहिले-काँहि म सोच्छु म एक दिन बिहान उठ्छु, कामको लागि निस्किन्छु, बालाजुबाट बस चढ्छु र चढिनै रहन्छु, जाँदै गर्छु, बसमा सुत्छु, केही बदाम र सुन्तला किन्छु अनि खान्छु। त्यसपछि फेरि सुत्छु, र छ बजे घर फर्किन्छु। उनले कहिल्यै थाहा पाउँदैनन्, हैन र? मेरो मतलब जबसम्म पैसा समाप्त हुँदैन?”

]]>
0
आफ्ना इच्छाविपरित पाँचमध्ये एक नेपाली युवा हङकङबाट नेपाल फर्काइदैछन् https://ne.globalvoices.org/2024/08/20/3546/ https://ne.globalvoices.org/2024/08/20/3546/#respond <![CDATA[Sanjib Chaudhary]]> Tue, 20 Aug 2024 06:54:17 +0000 <![CDATA[अंग्रेजी]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[पूर्व एशिया]]> <![CDATA[प्रवास र अध्यागमन]]> <![CDATA[फिचर]]> <![CDATA[मानव अधिकार]]> <![CDATA[वेबलग]]> <![CDATA[शिक्षा]]> <![CDATA[हङकङ (चीन)]]> https://ne.globalvoices.org/?p=3546 <![CDATA[नेपाली अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल फर्काउनुका पछाडि पारिवारिक समस्या र आर्थिक कठिनाइजस्ता मुख्य कारण रहेका छन्।]]> <![CDATA[

युवाभन्दा बढी युवती नेपाल फर्काइएका छन्

हङकङ युनिसनले ६ जुन २०२४ मा नेपाली युवाले त्यहाँ भोग्दै गरेका चुनौतिका बारेमा प्रेस ब्रिफिङ आयोजना गरेको थियो। फोटोः हान्स च्छे/एचकेएफपी। अनुमतिमा प्रयोग गरिएको।

यो आलेख हान च्छेद्वारा तयार पारिएको हो र हङकङ फ्रि प्रेसमा (एचकेएफपी) मे २०, २०२४ मा प्रकाशित भएको थियो। एचकेएफपीसँगको सामग्री साझेदारी सम्झौताअन्तर्गत यहाँ सम्पादित अंश प्रस्तुत गरिएको छ। 

अन्दाजी पाँचमध्ये एक नेपाली युवा आफ्ना बाबुआमाद्वारा हङकङबाट नेपाल फर्काइएका छन्, धेरै जना उनीहरूको इच्छाविपरित। एक गैरसरकारी संस्थाले जातीय अल्पसंख्यक समुदायका विद्यार्थीले पढाइ छोडेको दरको डरलाग्दो परिस्थिति देखाउँदै यो कुरा बाहिर ल्याएको छ।

समान अधिकार र यस शहरमा रहेका जातीय अल्पसंख्यक समुदायलाई समाहिकरण गर्नमा केन्द्रित गैरसरकारी संस्था हङकङ युनिसनले गत अप्रिल र मे महिनामा २६८ नेपाली युवाबीच गरेको एक अध्ययनले तीमध्ये ५० जनालाई उनीहरूका बुबाआमाले हङकङ छोडेर नेपालमा बस्न बाध्य गरेको कुरा सो संस्थाका कार्यकारी निर्देशक जोन च्छेले बिहिबार सार्वजनिक गरे। सर्वेक्षणमा भाग लिनेको औसत उमेर २२ वर्ष रहेको थियो।

“यो समस्याको आकार विचलित बनाउने खालको छ, हामी प्रत्येक पाँचमा एक जनाको कुरा गर्दैछौं, जुन कि जनसंख्याको सानो भाग होइन,” एचकेएफपीसँग च्छेले भने।

च्छेका अनुसार ४० प्रतिशत सहभागीले नेपाल पठाइनु पछाडि पारिवारिक समस्या र आर्थिक कठिनाइजस्ता कारण औंल्याए किनकि उनीहरूका अभिभावकले आफ्ना छोराछोरीका लागि हङकङमा लाग्ने पढाइ खर्च बेहोर्न नसक्ने भएका थिए।

तर यस शहरका नेपाली युवतीमध्ये केही नेपाल पठाइए किनकि उनीहरूका अभिभावकले उनीहरूको डेटिङ गर्ने चलनलाई अँगाल्न सकेनन्, च्छेले भने। कतिपय चरम अवस्थामा — अन्दाजी १५ प्रतिशत — नेपाली युवतीले बलजफती नेपालमा बिहे गर्नुपरेको छ, उनले थपे।

च्छेले उल्लेख गरेको एउटा मामिलामा एक १८ वर्षे युवतीले डेटिङ गर्न थालेपछि उनका अभिभावकले उनलाई नेपाल पठाए। ती युवती आफ्ना अभिभावकसँग कुराकानी गरेर मात्र हङकङ फर्कन सकिन् र च्छेले उनलाई भेट्दा उनी २४ वर्षकी भइसकेकी थिइन् र विश्वविद्यालयमा दोस्रो वर्षमा अध्ययनरत् थिइन्।

“उनी नेपाल फर्काइएकोमा निकै रिसाएकी थिइन्। उनले आफ्नो पढाइका केही वर्ष गुमाइन्,” च्छेले भने।

हङकङमा जन्मिएकी २६ वर्षीय नेपाली युवती एलिजा लिम्बूका अनुसार “परम्परागत सोच” भएका केही नेपाली अभिभावकलाई उनीहरूकी छोरीले पढ्दै गर्दा रोमान्टिक सम्बन्ध शुरु गरेको मन पर्दैन।

नेपालीहरू सँगसँगै नजिकै बस्ने हुनाले युवा जोडी सँगै हिडेको देख्नासाथ समाजमा गफ र हल्ला शुरु भइहाल्छ, उनले भनिन्। यसले गर्दा नेपाली अभिभावक चिन्तित हुन्छन् र उनीहरूकी छोरीलाई नेपाल फर्काउन थाल्छन्, उनले थपिन्।

नेपाली युवालाई नेपाल फर्काइनुको मुख्य कारण चाहिँ लागुपदार्थको प्रयोग रहेको च्छेले बताए। सर्वेक्षणमा भाग लिनेमध्ये १२.६ प्रतिशतले लागुपदार्थ प्रयोग गर्ने गरेको स्वीकारे, उनले भने र ७० प्रतिशतको विचारमा हङकङमा बस्ने नेपालीमाझ लागुपदार्थको दुर्व्यसन एउटा गम्भीर समस्या रहेको बताए।

पहिलो पटक लागुपदार्थ प्रयोग गर्नेको औसत उमेर १७ वर्ष रहेको र सबैभन्दा काञ्छा लागुपदार्थ प्रयोगकर्ता १२ वर्षको रहेको उनले बताए।

च्छेका अनुसार हङकङमा पढाइ छाड्ने नेपाली विद्यार्थीको दर ७.१ प्रतिशत रहेको छ। जबकि यस शहरमा समग्रमा पढाइ छाड्ने विद्यार्थीको दर मात्र ०.४ पतिशत रहेकोले नेपालीहरूको परिप्रेक्ष्यमा यो असमानता “डरलाग्दो” हो।

उनका अनुसार यद्यपि धेरै जना नेपाल फर्काइएकोमा दुःखी भए तापनि केही युवा उनीहरूका अभिभावकका दुःख बुझेर नेपालमै बस्ने कुरामा सकारात्मक छन्।

उनले सरकारलाई मारमा परेका नेपाली परिवारलाई अल्पकालीन आर्थिक सहायता प्रदान गर्न सुझाए। यसले पढाइ खर्च तिर्न नसकेर उनीहरूका छोराछोरीलाई नेपाल फर्काउनबाट रोक्नेछ।

तर नेपाली अभिभावकलाई आफ्ना छोराछोरीको व्यक्तिगत इच्छा अस्वीकार गर्दै उनीहरूलाई नेपाल फर्काउनबाट रोक्न उनीहरूमा दीर्घकालीन मूल्यमान्यता परिवर्तनको खाँचो रहेको कुरा च्छेले गरे। साथै उनले यो “हङकङको समाजको मूल्यमान्यता नभएको” कुरा थपे।

उनले नेपाली युवाले सशक्त भएर “नाइ” भन्न सक्ने साहस बटुल्न सिक्नुपर्नेछ र यसका लागि जनचेतनामूलक अभियानको खाँचो रहेको उल्लेख गरे।

सन् २०२१ मा हङकङमा २९,७०० नेपाली परिवार बसोबास गर्दथे र फिलिपिनो, इन्डोनेशियाली र भारतीयपछिको चौथो ठुलो जातीय अल्पसंख्यक समुदायका रूपमा रहेका छन्।

जनगणनाको तथ्याङ्कअनुसार नेपाली समुदायमा ३१.६ प्रतिशत २४ वर्षमुनिका रहेका थिए।

]]>
0
हंगेरियन माहुरीपालकहरूले किर्गिजस्तानमा फेला पारे माहुरीहरूका लागि उत्तम स्थान https://ne.globalvoices.org/2024/08/08/3506/ https://ne.globalvoices.org/2024/08/08/3506/#respond <![CDATA[Deb Tamrakar]]> Thu, 08 Aug 2024 12:45:58 +0000 <![CDATA[Roundups]]> <![CDATA[अंग्रेजी]]> <![CDATA[इतिहास]]> <![CDATA[किर्गिजस्तान]]> <![CDATA[खाना]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[फिचर]]> <![CDATA[मध्य एशिया र काकेशस]]> <![CDATA[यात्रा]]> <![CDATA[वातावरण]]> <![CDATA[वेबलग]]> <![CDATA[हंगेरियन]]> <![CDATA[हंगेरी]]> https://ne.globalvoices.org/?p=3506 <![CDATA[टोक्टोगुल क्षेत्रको वर्णन गर्दै, फुल्मरका फेरेन्क ताकाक्स भन्छन्: "यो माहुरीहरूको लागि स्वर्ग हो किनभने यो फूलहरूको लागि स्वर्ग हो।"]]> <![CDATA[

किर्गिस्तानको मौसम र प्रकृति मौरीका लागि उपयुक्त छ

किर्गिस्तानमा फुल्मरको मधुवाटिका र शिविर। फुल्मरको फेसबुक पेजबाट लिइएको तस्वीर।

विश्वको सबैभन्दा शुद्ध मह हंगेरीका माहुरीपालकहरूले मध्य-एसियाको दुर्गम पहाडमा बनाउने गरेका छन्। यसरी मह उत्पादन र प्याकेजिङमा विशेषज्ञता हासिल गरेको हंगेरी कम्पनी फुल्मरले किर्गिजस्तानको टोक्टोगुल क्षेत्रबाट प्राप्त गरेको अमिरकाल महको व्यापार गर्दछ। कम्पनीका प्रतिनिधिहरूले देशको भ्रमण गरेपछि विभिन्न प्रान्तहरूबाट मह निकालेर परीक्षणका लागि हंगेरीमा ल्याएपछि यो विशेष स्थान छनोट गरिएको हो। टोक्टोगुल क्षेत्रको वर्णन गर्दै, फुल्मरका फेरेन्क ताकाक्स भन्छन्: “यो माहुरीहरूको लागि स्वर्ग हो किनभने यो फूलहरूको लागि स्वर्ग हो।”

यहाँ फुल्मरको अमिरकाल महको बारेमा यूट्यूब भिडियो देखाइएको छ।

 

सन् २०२२ मा फुल्मरले उत्तर-पश्चिमी किर्गिजस्तानको सबैभन्दा दुर्गम क्षेत्रहरूमध्ये एकमा मधुवाटिका स्थापना गरे। कम्पनीको क्याम्प नजिकको बस्तीबाट सयौं किलोमिटर टाढा छ। किर्गिजस्तानमा फुल्मरको सञ्चालन नयाँ हुन सक्छ तर कम्पनीसँग आफ्नो गृह देश हंगेरीमा ९० वर्षभन्दा बढी मौरीपालनको अनुभव छ। फेरेंकको हजुरबुबा ग्योर्गी फुल्मरले सन् १९२९ मा दक्षिणपश्चिमी हंगेरीमा स्थित सोमोगी काउन्टीमा आफ्नो पहिलो मधुवाटिका स्थापना गरे। माहुरीपालन गर्ने कला परिवारमा नै रह्यो र फेरेन्कले व्यवसाय विस्तार गर्यो र सन् १९९० को दशकमा फुल्मर देशको सबैभन्दा ठूलो मह प्याकेजिङ कम्पनी बन्यो। कम्पनी अहिले चौथो पुस्ता, फेरेन्सका छोराहरू बोटी र पेटीद्वारा सह-संचालित छ।

यहाँ फुल्मरको इतिहासबारे एक यूट्यूब भिडियो देखाइएको छ।

फुल्मरको माहुरीपालन वंशावली किर्गिस्तानको मह उत्पादनको इतिहाससँग मेल खान्छ। किर्गिज महले बिगत केही वर्षहरूमा धेरै प्रशंसा र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू जितेको छ। बीसौं शताब्दीमा जब किर्गिजस्तान सोभियत संघको हिस्सा थियो, यो देश रुस र युक्रेन पछि, ब्लकमा मह उत्पादन गर्ने तेस्रो ठूलो देश थियो। त्यसबेला, किर्गिस्तानमा ५ लाख माहुरीका घारहरू थिए र वार्षिक १२ हजार टन मह उत्पादन गरिन्थ्यो।

सन् १९९१ मा किर्गिजस्तान स्वतन्त्र भएपछि माहुरीका घारहरूको संख्या घटेर १ लाख भन्दा कम भयो र वार्षिक उत्पादन मामूली २ हजार टनमा झर्यो। किर्गिजस्तानमा माहुरीपालन उद्योगको पुनरुत्थान हुनु आंशिक रूपमा देश बाहिर उच्च मागको कारण हो, यसको श्रेय सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय माहुरीपालक सम्मेलन एपिमोन्डियामा किर्गिज महको निरन्तर सफलतालाई पनि जान्छ जहाँ यसले सधैँजसो विश्वको उच्च गुणस्तरको रूपमा ग्रान्ड-प्रिक्स पुरस्कार प्राप्त गर्दछ। किर्गिज महको शीर्ष पाँच आयातकर्ताहरू यूएई, जापान, कुवेत, अमेरिका र साउदी अरेबिया हुन्।

किर्गिजस्तानमा महको स्वाद र फ्लेवर माहुरीको घारहरू नजिकैको फूल र जडीबुटीहरूमा निर्भर गर्दछ। अटबाशी, टोकटोगुल, सुसामिर र इस्सिक कोल माहुरीपालनका लागि लोकप्रिय क्षेत्रहरू हुन्। उत्तरपूर्वी किर्गिस्तानको अटबाशी क्षेत्रको महले पछिल्लो दशकमा एपिमोन्डियामा चारवटा स्वर्ण पदक प्राप्त गरेको छ। यो एकल बिरुवा एस्पारसेटबाट प्राप्त एक सेतो क्रीम मह हो। अटबाशी मह मधुमेह भएका र अन्य प्रकारको महसँग एलर्जी भएका व्यक्तिहरूले सेवन गर्न सक्छन्।

फुल्मरले आफ्नो मह प्राप्त गर्ने टोकटोगुल क्षेत्रमा बारबेरी, लेभेन्डर, रास्पबेरी, थाइम र सेज लगायतका ग्रीष्मकालीन फूलहरू र जडिबुटीहरूको कडा सुगन्धको कारणले देशमा सबैभन्दा सुगन्धित मह उत्पादन हुने गर्दछ। विभिन्न प्रकारका मेलीफेरस वनस्पति र यस क्षेत्रमा पाइने औषधीय वनस्पतिको उच्च संख्याका कारण टोकटोगुल महमा औसतभन्दा उच्च पौष्टिक र उपचारात्मक गुणहरू हुने गरेका छन्।

यहि देखेर विदेशी माहुरीपालकहरूले माहुरी र मह उत्पादनको लागि किर्गिजस्तानद्वारा प्रदान गरेको अनौठो वातावरणको लाभ उठाउन थाले। फुल्मर यिनीहरूमध्ये पहिलो थियो। किर्गिजस्तानमा मधुवाटिका स्थापना गर्ने निर्णयको वर्णन गर्दै बोटी भन्छन् “हामी यसलाई सजिलो तरिकाले गर्न चाहँदैनथ्यौं – हामी यसलाई सही तरिकाले गर्न चाहन्थ्यौं।” उनी थप्छन् कि टोकटोगुल क्षेत्र ” यस्तो ठाउँ हो जहाँमात्र यस्तो मह बनाउन सकिन्छ।” फ़ुल्मरको दृष्टिकोणमा सकेसम्म सबैभन्दा प्राचीन र प्राकृतिक तरीकाले मह उत्पादन गर्नु हो, त्यसैले उनीहरूले दुर्गम स्थान रोजेका हुन्। फेरेन्क र तिनका छोराहरूले रूखको खोक्रोबाट माहुरीका गुँड बनाए किनभने प्रकृतिमा माहुरीहरू अक्सर त्यहिँ बस्छन्। पेटी भन्छन् कि उनको कम्पनीले “पूर्ण रूपमा पारिस्थितिक मधुवाटिका प्रविधिहरू लागू गर्दछ, जसको लागि धेरै मिहिनेत चाहिन्छ।”

फेरेन्सको “मानिसहरूलाई उत्कृष्ट मह दिने” महत्वाकांक्षी लक्ष्यले उनलाई घरबाट हजारौं किलोमिटर टाढा मध्य एशियामा ल्यायो। यसो गर्दा, यसले माहुरीपालनको विशाल सम्भावना रहेको यस क्षेत्रतर्फ धेरै मानिसहरूको ध्यान आकर्षित गर्न सक्यो।

]]>
0
अडियो डीपफेक र एआई चालबाजीले विश्वभरि हुने चुनावमा खतरा https://ne.globalvoices.org/2024/08/01/3475/ https://ne.globalvoices.org/2024/08/01/3475/#respond <![CDATA[Deb Tamrakar]]> Thu, 01 Aug 2024 05:45:55 +0000 <![CDATA[GV Advocacy]]> <![CDATA[अंग्रेजी]]> <![CDATA[चुनाव]]> <![CDATA[द ब्रीज]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[प्रविधि]]> <![CDATA[फिचर]]> <![CDATA[बेलायत]]> <![CDATA[मिडिया र पत्रकारिता]]> <![CDATA[राजनीति]]> <![CDATA[वेबलग]]> <![CDATA[संयुक्त राज्य अमेरिका]]> <![CDATA[स्लोभाकिया]]> https://ne.globalvoices.org/?p=3475 <![CDATA[जसका आवाज र फोटोहरू प्रयोग भइरहेका छन्, तिनीहरूका अधिकारहरूलाई अझ गम्भीरतापूर्वक सुरक्षित गर्न आवश्यक छ।]]> <![CDATA[

एआई प्रयोग गरेर बनाइएका सामग्रीले हाम्रो सामाजिक जीवनमा ठुलो असर पार्नेछ।

ओपनआर्टबाट Dalle-3 प्रयोग गरेर बनाइएको चित्र।

आजभोलि, लगभग जो कोहीले पनि सरल, सुलभ, कृत्रिम बुद्धिमत्ता (एआई) सफ्टवेयर प्रयोग गरेर सेलिब्रेटीहरू वा सामान्य व्यक्तिहरूको अभिनय र कुराकानी गर्ने अडियो वा भिडियो रेकर्डिङहरू सिर्जना गर्न सक्छन्, जुन पहिले उनीहरूले कहिले पनि गरेका थिएनन् होला। जसका आवाज र फोटोहरू प्रयोग भइरहेका छन्, तिनीहरूका अधिकारहरूलाई अझ गम्भीरतापूर्वक सुरक्षित गर्न आवश्यक छ। विश्वभरि हुने आगामी चुनावमा एआईको दुरुपयोग रोक्न ठूला टेक कम्पनीहरू मिलेर ऐतिहासिक प्रयासमा हात हालेका छन्।

डीपफेकको विकास जारी छ र प्रत्येक पटक राम्रो गुणस्तर, थप विश्वस्त, र वास्तविकताको नजिक भईरहेको छ। सन् २०२४ मा विश्वभर ठूलो संख्यामा हुने निर्वाचनले, यी निर्वाचन प्रक्रियाहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) समावेश हुनेले चिन्ता बढाएको छ। यसले निर्वाचनको अखण्डतामा सम्झौता गर्न सक्नेछ। चुनावको तयारीमा रहेका विश्वका धेरै देशहरूमा डिपफेकद्वारा हुन सक्ने मतदाता हेरफेर अथवा छल-कपट मुख्य छलफलमध्ये एक हो। ५० भन्दा बढी देशका करिब ४ अर्ब मानिसहरू मतदान गर्न जानेछन्। राजनीतिक प्रभाव परिचालनकार्यहरूमा एआईद्वारा-उत्पन्न सामग्रीको प्रयोगमा शिक्षाविद्, पत्रकार र राजनीतिज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

तथापि, एआईद्वारा उत्पन्न सामग्रीले हाम्रो सामाजिक जीवनमा पनि ठूलो प्रभाव पार्छ। हालसालै भाइरल घटनाहरू सेलिब्रेटीहरूसँग सम्बन्धित छन्, तर यस्तो हुँदाहुँदै कति छिटो डीपफेकहरू विकसित भइरहेका छन् भने हामीसँग सामान्य व्यक्तिहरू, जो सेलिब्रेटी वा राजनीतिज्ञ होइनन् र जसका जागिर वा गतिविधिहरू सार्वजनिक रुचिको विषय होइनन्, उनीहरूको डीपफेक भिडियोहरू हुनेछन् । यो समाजको लागि धेरै गम्भीर खतरा हुनेछ, र त्यसैले एआईद्वारा उत्पन्न योजनाहरू विरुद्ध सामूहिक पहल हुनु धेरै महत्त्वपूर्ण छ।

ताजा डीपफेकहरूको परिस्थितिबारे अध्ययन

डीपफेकहरू, वा गैर-एआई-आधारित हेरफेरहरू लाई “चीपफेक” भनिन्छ, जुन नयाँ होइनन् र केही समयदेखि हाम्रा वरिपरि नै छन्। यद्यपि,  एआईलाई फराकिलो दर्शकमाझ पुर्याउन गरिएको ChatGPT को प्रभाव ले गर्दा गत वर्ष एआई कम्पनीहरूमा अर्बौं डलर लगानी गरिएको छ। यस्ता कार्यक्रमहरूको विकासले तिनीहरूको उत्पादनलाई बढावा दिन्छ, विशेष गरी जनतालाई लक्षित गर्ने डीपफेकहरूको उत्पादन गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई धेरै गुणाले बढाएको छ। अहिले पनि, भिडियो हेरफेरको अतिरिक्त, त्यहाँ त्यस्ता घटनाहरू छन् जहाँ अडियो डीपफेक उत्पादन गरिएको छ, जुन बनाउन अझ सजिलो छ।

राज्यको प्राइमरीमा मतदान नगर्न मानिसहरूलाई आग्रह गर्दै न्यू ह्याम्पशायरमा वितरण गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनको अडियो डिपफेकको मामिला २०,००० भन्दा बढी मानिसहरूमा पुगेको थियो। यो हेरफेरको पछाडि रहेको व्यक्ति स्टीव क्रेमर थिए र यसलाई तयार गर्न १५० अमेरिकी डलर भुक्तानी गरिएको थियो र उनले राजनीतिमा कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित जोखिमहरूमा ध्यान आकर्षित गर्न र एआईको आवश्यकतामा ध्यान आकर्षित गर्न नागरिक अवज्ञाको रूपमा यो कार्य गरेको बताए।

एक अर्को ठूलो उदाहरण, स्लोभाक राजनीतिज्ञ माइकल सिमेकाको अडियो डीपफेक, जसले देखायो कि लोकतन्त्रको लागि डीपफेक कसरी खतरनाक हुन सक्छ । स्लोभाकियाको चुनाव हुनुभन्दा ४८ घन्टाअघि फेसबुकमा एक रेकर्ड गरिएको भ्वाइस सन्देश अपलोड गरिएको थियो, जसमा सिमेकाले पत्रकार मोनिका टोडोभासँग चुनावी धाँधलीबारे छलफल गरिरहेको देखिन्छ। एक उदाहरण जसले गम्भीर राजनीतिक र सामाजिक निहितार्थ हुन सक्छ, त्यो लन्डनका मेयर सादिक खानको अडियो डीपफेक हो। सन् २०२३ को नोभेम्बरको सुरुमा खानको एउटा अडियो डीपफेक भाइरल भयो जसमा उनले युद्धविराम दिवस (पहिलो विश्वयुद्ध समाप्त भएको पललाई चिन्ने उत्सव) को अपमान गरेको र प्यालेस्टाइन समर्थक मार्चहरूलाई प्राथमिकता दिनुपर्ने माग गर्दै गरेको देखियो।

राजनीतिक नायकहरूको अडियो डीपफेकहरूका साथसाथै सेलिब्रेटीहरूसँगको भिडियो डीपफेकहरू पनि इन्टरनेटमा प्रसारित भइरहेका छन्। उदाहरणका लागि, प्रख्यात हलिउड अभिनेता टम हैंक्सको भिडियो डीपफेकहरू छन्, जसमा उनको एआई संस्करणले एक डेंटल योजनालाई प्रवर्द्धन गर्‍यो, अथवा प्रसिद्ध अमेरिकी यूट्यूबर मिस्टरबीस्ट, जसले “विश्वको सबैभन्दा ठूलो आईफोन १५ उपहार” होस्ट गरिरहेको देखियो।

यस वर्षको सुरुमा गायिका टेलर स्विफ्टको डीपफेक फोटो धेरै सामाजिक सञ्जाल प्लेटफर्महरू –  एक्स (पहिलेको ट्विटर), इन्स्टाग्राम, फेसबुक र रेडिटमा प्रकाशित भएको थियो र यो पनि भाइरल भयो। यसलाई एक्स बाट हटाउनुअघि स्विफ्टको एक डीपफेक फोटो त्यस प्लेटफर्ममा लगभग १७ घण्टामा ४.५ करोडभन्दा बढी पटक हेरिएको थियो।

एआई द्वारा-उत्पन्न चालबाजीविरुद्ध एक सामूहिक पहल

म्युनिख सुरक्षा सम्मेलनमा घोषणा गरिएको “२०२४ को चुनावमा एआईको भ्रामक प्रयोगसँग लड्न टेक सम्झौता” मा एडोब, गुगल, माइक्रोसफ्ट, ओपनएआई, स्न्याप इंक, र मेटा लगायत २० ठूला कम्पनीहरूले नवीनतम टेक्निक प्रयोग गरेर हानिकारक एआईद्वारा-उत्पन्न सामग्री जसले मतदाताहरूलाई बहकाउने उद्देश्य राख्छ, सो पत्ता लगाउने र प्रतिरोध गर्ने प्रतिबद्धता र साथसाथै जनचेतना, मिडिया साक्षरता, र सबै समाजको लचिलोपनलाई बढावा दिने प्रयासहरूलाई समर्थन गर्नेछ। पहिलो पटक २० विभिन्न कम्पनीहरू एआईद्वारा-उत्पन्न चालबाजी विरुद्ध एकसाथ एकजुट हुँदैछन्।

सहभागी कम्पनीहरू भ्रामक एआई चुनाव सामग्रीसँग सम्बन्धित जोखिमहरू कम गर्न आठ विशेष प्रतिबद्धताहरूमा सहमत भए। प्राविधिक क्षेत्र र एआईबीचको यस पहलको उद्देश्य एआईद्वारा सिर्जना गरिएका तस्विर, भिडियो र अडियोहरूलाई लक्षित गर्ने हो जसले उम्मेदवारहरू, निर्वाचन अधिकारीहरू र मतदान प्रक्रियाको बारेमा मतदाताहरूलाई भ्रममा पार्न सक्छन्। यद्यपि, यसले त्यस्ता सामग्रीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गर्दैन।

 

]]>
0
नेपालका गोर्खा सैनिकको इतिहासलाई हेर्ने एउटा नयाँ दृष्टिकोण https://ne.globalvoices.org/2024/01/18/3461/ https://ne.globalvoices.org/2024/01/18/3461/#respond <![CDATA[Dilli Rai]]> Thu, 18 Jan 2024 15:15:49 +0000 <![CDATA[अंग्रेजी]]> <![CDATA[आदिवासी]]> <![CDATA[इतिहास]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[प्रवास र अध्यागमन]]> <![CDATA[फिचर]]> <![CDATA[मानव अधिकार]]> <![CDATA[युद्ध र द्वन्द्व]]> <![CDATA[विरोध]]> <![CDATA[वेबलग]]> https://ne.globalvoices.org/?p=3461 <![CDATA[नेपाली कलाकार सुजाना थापा श्रीसको हालैको प्रदर्शनी प्रसिद्ध गोर्खा सैनिकका श्रीमतीका जीवन भोगाइलाई नयाँ ढङ्गबाट प्रस्तुत गर्नमा केन्द्रित छ।]]> <![CDATA[

कला मार्फत गोर्खा सैनिकका श्रीमतीका अनुभव अभिलेखीकरण

Photo by Gopen Rai, via Nepali Times. Used with permission.

तस्वीर-गोपेन राई, नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

पिंकी श्रीस रानाको यो लेख प्रथम पटक नेपाली टाइम्समा प्रकाशित भएको थियो र ग्लोबल भ्वाइसेजसँगको सामग्री साझेदारी सम्झौता अन्तर्गत सम्पादित संस्करण पुन: यहाँ प्रकाशित गरिएको छ।

इतिहासले प्रमुख पात्रहरूलाई सदैव पहिचान गर्दैन जो यसको हिस्सा रहेका हुन्छन्। नेपालका गोर्खा सैनिकहरूको इतिहास पनि अपवाद छैन। गोर्खा सैनिकहरूलाई सबैभन्दा दक्ष, दुर्जेय, र बहादुर सिपाहीको रूपमा चिनिन्छ, जो ऐतिहासिक रूपमा बेलायती सेनामा कार्यरत थिए र आज पनि स्वदेश तथा विदेशमा सेवा गरिरहेका छन्।

खाकी बर्दी, टोपी र खुकुरी-भिरेर लडाइँमा प्रस्थान गर्ने बहादुर सैनिकहरू शताब्दीयौंदेखि नेपालको विगतको हिस्सा हुन्। विडम्बना, नेपाल वा विदेशमा बसोबास गर्ने यी सैनिकहरूका लुँगी लगाउने श्रीमतीहरू इतिहासको बिर्सिएका पानाहरूमा अलपत्र परेका छन्। उनीहरूको कठिन संघर्ष र अमूल्य योगदानलाई धूमिल बनाइएको छ र बेवास्ता गरिएको छ।

पछिल्लो समय गोर्खा सैनिकका श्रीमतीका अनुभवलाई अभिलेखीकरण गर्ने स्वागतपूर्ण प्रयासले कमजोरी सच्याउने प्रयास भएको छ। कलाकार सुजाना थापा श्रीसको हालै सम्पन्न चित्रकला प्रदर्शनी गोर्खा वुमन: एन इको इन द स्टोरीले गोर्खा सैनिकका श्रीमतीका जीवनकथालाई चित्रकलाबाट प्रस्तुत गरेर यो कमीलाई पूरा गर्न मद्दत गरेको छ।

Photo by Gopen Rai, via Nepali Times. Used with permission.

तस्वीर-गोपेन राई, नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

“जतिबेला गोर्खा सैनिकहरू युद्ध लड्दै थिए, उनीहरूका श्रीमतीहरू एक्लै घरपरिवारको जिम्मेवारी वहन गर्दै थिए, ती गुमनाम थिए,” २९ वर्षीय थापा श्रीस भन्छिन्। “आफ्नो सीमित आर्थिक स्रोत र साधनको बावजूद लाहुरे (विदेशमा सेवा गर्ने नेपालीहरू) बनेका परिवार र छोराहरूलाई हुर्काउन सफल भए। उनीहरूको योगदान असीमित छ।”

गुल्मी जिल्लाको आफ्नो पुर्ख्यौली गाउँ भार्सेका गोर्खा सैनिकहरूको जीवनलाई झल्काउने भार्सेली गोर्खा: कथादेखि चित्रसम्मको पहिलो प्रदर्शनीपछि थापा श्रीसले गोर्खा सैनिकका श्रीमतीहरूलाई पनि महत्त्व दिनुपर्ने आवश्यकता महसुस गरेकी छन्।

पूर्व भारतीय गोर्खा सैनिककी नातिनी थापा श्रीसलाई आफ्नो परिवारको ऐतिहासिक विरासत बारे बाल्यकालदेखि नै परिचित गराइएको थियो। उनी बुटवलमा आफ्ना हजुरबा हजुरआमासँग लडाइँ र घर दुवै मोर्चाको कथा सुन्दै हुर्किएकी थिइन्।

Photo by Gopen Rai, via Nepali Times. Used with permission.

तस्वीर-गोपेन राई, नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

उनका बाबा, पेशाले बागवानी व्यवसायी र लेखक, बमबहादुर थापाले आफ्ना पुर्खाहरूको बारेमा “भार्सेली गोर्खागाथा र सेरोफेरो” (गोर्खाहरूको इतिहास) पुस्तक लेखेका थिए। जब थापा श्रीसले आफ्नो परियोजना सुरु गरिन्, बाबा-छोरी जोडीले बाग्लुङ, गोर्खा, गुल्मी, कास्की, पाल्पा, रुपन्देही र सुनसरीका ७० वर्षभन्दा माथिका करिब ५० जना महिलासँग अन्तर्वार्ता लिए। उनीहरू सबै बेलायत, भारत, सिङ्गापुर र मलाया (अहिलेको मलेसिया) मा सेवा गरेका गोर्खा सैनिकका श्रीमतीहरू थिए ।

“गोर्खा इतिहासमा गोर्खाली सेनाका श्रीमतीहरूको पहिचान, जीवनका अनुभवहरू र उल्लेखनीय योगदानको खोजी गर्ने क्रममा परियोजनाले मूर्त रूप लियो,” उनी थप्छिन्। “उनीहरूको पहिचान र योगदान यस प्रदर्शनीको मुख्य उद्देश्य हो।”

Photo by Gopen Rai, via Nepali Times. Used with permission.

तस्वीर-गोपेन राई, नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

थापा श्रीसले औपचारिक रूपमा कला कहिल्यै सिकेकी छैनन् तर चित्रमा उनको प्राकृतिक कौशल सबैले देख्न सक्छन्। नेपाल कला परिषद्मा नोभेम्बर २५ देखि २८ सम्म गरिएको प्रदर्शनीमा चित्रकला, तस्वीर, वृत्तचित्र र ध्वनिको माध्यमलाई समेटिएको थियो।

तर घटनाको मुख्य विशेषता भनेको दुई प्रकारका महिलाहरू चित्रण गर्ने आ-आफ्ना तस्वीरहरू सहितको मार्मिक कथाहरू थिए: नेपालमा रहेका र उनीहरूका श्रीमानहरू खटिएका विदेशी भूमिमा। अधिकांश जीविकोपार्जनको लागि संघर्ष गरिरहेका थिए – विशेष गरी विदेशी भूमिमा जहाँ उनीहरूले स्थानीय भाषा बोल्न जान्दैन थिए।

“गोर्खा सैनिकहरू सम्पन्न र सहज जीवन बिताउने कुरा सधैं सत्य होइन” भनी बमबहादुर स्पष्ट पार्छन्। “त्यस बेला पैसा पठाउने वा तत्काल सञ्चार सम्पर्क गर्ने कुनै माध्यम थिएन। यी साहसी महिलाहरू जसले आफ्नो जीवन आफैं हाँकिरहेका थिए।”

प्रदर्शनीमा ऐतिहासिक भिडियोले दर्शकहरूलाई विदेशमा बसोबास गर्ने व्यक्तिहरूको जीवनको झलक दिएको थियो, खामले भरिएको परम्परागत नेपाली झोला सहितको कलाकृतिले श्रीमान् श्रीमतीबीचको सञ्चार सम्पर्कको एक मात्र माध्यम हुलाक चिठीपत्रहरू थिए भनी चित्रण गरेको छ।

प्रदर्शनीको एउटा खण्ड हातको फोटोग्राफीमा समर्पित थियो जसको उद्देश्य यी महिलाहरूले आफैं हाँकिरहेका जीवनको उत्थानशीलता र भोगाइ देखाउनु हो। सबै फोटोमा महिलाहरूको बुट्टादार लुँगीमाथि (परम्परागत नेपाली स्कर्ट) राखिएका चाउरी परेका हातहरू थिए।

Photo by Gopen Rai, via Nepali Times. Used with permission.

तस्वीर-गोपेन राई, नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

प्रदर्शनीमा गोर्खा महिलाका परम्परागत पहिरन र गरगहनाका साथै विगतमा यी आदिवासी समुदायले प्रयोग गर्ने काठका भाँडाकुँडा पनि राखिएको थियो । लुँगी, सुनको बेरुवा चुरा र लाहुरेनीको पर्यायवाची सुनको असर्फी औँठी पनि कला र तस्वीरमा प्रमुखतासाथ प्रदर्शन गरिएका थिए।

सुजानाका अनुसार “सुन युद्धकालको धेरै पछि आएको थियो।”

“सबै बोजुहरू (हजुरआमा) ले कमसेकम सुन लगाउन पाएकामा हर्षित रहेको सुनाएका थिए।”

बाबा-छोरी जोडीले अब सबै कथाहरूको लेखन कार्य गरेर पुस्तकको रूप दिने योजना बनाइरहेका छन्। बमबहादुरले भने, “हाम्रा गोर्खा महिलाहरूलाई प्रमुखता दिइएकामा मलाई खुशी लागेको छ। मेरी छोरीले यसमा काम गरिरहेकी छिन् भन्ने तथ्यले मलाई थप गौरवान्वित बनाउँछ।”

]]>
0
गाउँहरू आधुनिकतातर्फ लम्कदै गर्दा लोप हुने सँघारमा पुगेको नेपाली मोख कला https://ne.globalvoices.org/2023/12/28/3453/ https://ne.globalvoices.org/2023/12/28/3453/#respond <![CDATA[Sanjib Chaudhary]]> Thu, 28 Dec 2023 03:55:53 +0000 <![CDATA[अंग्रेजी]]> <![CDATA[आदिवासी]]> <![CDATA[इतिहास]]> <![CDATA[कला र संस्कृति]]> <![CDATA[जातीयता र वंश]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[फिचर]]> <![CDATA[महिला र लिङ्ग]]> https://ne.globalvoices.org/?p=3453 <![CDATA[कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका हुने गर्दथे र थारू समुदायका घरहरू सुन्दर मोख कलाले सजिएका हुन्थे। तर आधुनिकताले यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ।]]> <![CDATA[

महिलाहरूले आफ्ना आमा र हजुरआमासँग सिक्छन् यो कला

सडक चौडा गर्ने क्रममा पूर्वी नेपालको सुनसरी जिल्लामा रहेको यो सुन्दर मोखकला सधैँका लागि हराउने छ। फोटोः संजीव चौधरी। अनुमतिमा प्रयोग गरिएको।

कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका र टायल वा परालले छाएका हुने गर्दथे। खास गरेर पूर्वी नेपालका थारू समुदायका घरहरूका माटाका भित्ता मोख कलाले सजिएका हुन्थे। तर परम्परागत घरहरू भत्काई पक्की घर बनाउने होडका कारण यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ५० प्रतिशतभन्दा बढी घरहरू सिमेन्टका भित्ता भएका छन् भने ३० प्रतिशत जति इट्टा वा ढुंगा र माटोको गारो लगाएका छन्। नेपालमा जम्मा ३० प्रतिशत घर बाँसका भित्ता भएका छन् भने ३.९ प्रतिशत परालले छाएका र ९.२ प्रतिशत घर टायलले छाएका छन्।

पुस्तौँदेखि चली आएको मोख कला

नेपालका पूर्वी जिल्ला सुनसरी र मोरङमा थारूहरूले लेसिलो माटो, भुस, गोबर, पराल तथा सनपाट मुछेर घरका भित्तामा सुन्दर आकृतिहरू बनाउँछन् जसलाई मोख कला भनिन्छ।

यस युट्युब भिडियोमा देखाएझै खास गरेर महिला कलाकारले माटो र सनपाट मिसाउँछन्। भित्तामा माटोको तह तह थप्दै सुगा तथा मयूरजस्ता चराचुरुङ्गीसमेत भएका विभिन्न ज्यामितिय तथा पुष्प आकृति बनाइन्छन्। सुकिसकेपछि यी आकृतिलाई प्राकृतिक रंगले रंगाइन्छ। हाल प्राकृतिक रंगका सट्टामा बजारमा पाइने रासायनिक रंग प्रयोग गरिन्छ।

पूर्वी नेपालको सप्तरी जिल्लाको एक घरमा रहेको पाइर भनिने मोख कला। फोटोः संजीव चौधरी। अनुमतिमा प्रयोग गरिएको।

त्यसै गरेर, सप्तरी, सिराहा तथा उदयपुर जिल्लाहरूमा कलाकारहरूले माटोमा भुस, गोबर मिसाएर बाँसको भित्तामा परालसमेत हालेर तह तह थप्दै जान्छन्। यसै क्रममा विभिन्न ज्यामितिय तथा पुष्प आकृतिका साथै सुगा, मयूर र हात्ती आदि पनि बनाउँछन्। सुकिसकेपछि प्राकृतिक सेतो माटोले लिपेर अन्य प्राकृतिक रंग लगाइन्छ जस्तै कि रातो र पहेलो माटो तथा भाडाँको पिँधमा जमेको कालो रंग। यस किसिमको मोख कलालाई पाइर भनिन्छ।

ब्लगर लेक्स लिम्बूले एक्स (पहिलेको ट्वीटर) मा गरेको पोस्टः

गोइगडा (घोइंघदाहा?) का सप्तरीया थारूका घरका भित्तामा बनाइएका सुन्दर मोख कला। थपः

यो कला, यसको प्रविधि, प्रक्रिया, यसका अवयव तथा बुट्टा, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भई आएका हुन्। खास गरेर महिलाहरूले आफ्ना आमा र हजुरआमाबाट यो कला सिक्ने गरेका छन्।

“यो कला ग्रामीण परिवारमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भएको हो, तर सधैँ महिला मात्रले गरी आएका चाहिँ हैन,” ३०० भन्दा धेरै थारू गाउँमा चार वर्षजति बिताएका लेखकद्वय कुर्त मेयर र पामेला दुएल लेख्छन्। “उनीहरूलाई के ‘ठिक’ र के ‘बेठिक’ भन्ने न कुनै विद्यालय न कुनै कला महाविद्यालय वा कुनै शिक्षक नै हुन्छन्, त्यसैले हामी यस कलालाई ‘कलाकार बिनाको कला’ भन्छौ।”

घरका झ्याल र ढोका सजाउने कला

चाडपर्व तथा विवाहजस्ता विशेष समारोहमा घरका भित्ता सजाउनका लागि मोख र अन्य चित्र बनाइन्छन्। “मोख ढोकाका दायाँ र बायाँतिर बनाइन्छ भने झ्यालको चारैतिर बनाइन्छ,” थारू लोककला नामक पुस्तकमा लेखक विष्णु प्रसाद चौधरी लेख्छन्। “सनपाट र कपास मोख बनाउने माटोमा मिसाउँदा बुट्टाहरू चर्किदैनन्।”

साथै रंगमा दूध मिसाउँदा रंग चाडो उड्दैन। महिला कलाकारहरूले घरका खम्बालाई पनि मोख कलाले सजाउँछन्।

“अहिले पनि राम्रा मोखले सजाएका घरमा भाग्यमानी महिला बस्छन् भन्ने बुझाइ छ,” कलाकार एस सी सुमन लेख्छन्। “मोख भएको घर समृद्ध हुन्छ। थारूहरूमाझ मोख नभएको घरबाट हरेक दिन आधा किलो धान हराउने विश्वास रहिआएको छ।”

आधुनिकताको मारमा परम्परागत कला

सुनसरी जिल्लाको लबिपुरकी प्रमिला विश्वास उनकी सासू झलैया विश्वासले बनाएको मोख कला गौरवका साथ देखाउँछिन्। “हाम्रो गाउँमा धेरैजसो घरहरू मोख कलाले सजिएका हुन्थे,” ग्लोबल भ्वाइससँगको अन्तरवार्तामा विश्वासले भनिन्। “तर परम्परागत घरहरूको ठाउँ पक्की घरहरूले लिदै गर्दा हामीसँग मोख कलाले सजिएका केही घरमात्र बाँकी रहेका छन्।”

पूर्वी नेपालको सुनसरी जिल्लाको लबिपुर गाउँमा रहेको मोख कला। फोटोः संजीव चौधरी। अनुमतिमा प्रयोग गरिएको।

“नगरपालिकाले बाटो चौडा गरिरहेकोले केही दिनमै मेरो घरमा रहेको मोख हराएर जाने छ,” त्यहिँ गाउँकी किश्नी माझीले भनिन्।

मोख बनाउने जटिल पक्रिया र यसलाई राम्रो अवस्थामा राखिरहन कठिन परिश्रम चाहिने भएकोले धेरैले यसलाई निरन्तरता नदिई पक्की भित्ता बनाउने गरेका छन्। यसको सुन्दरता कायम राख्न पटक पटक रंगरोगन गर्नु पर्ने हुन्छ।

“हामी हाम्रो घरमा रहेको मोख कलालाई जस्ताको त्यस्तै राखिराख्ने छौं,” दुहबीका होम नारायण चौधरीले भने। “तर हाम्रा छोराछोरीले राख्छन् कि राख्दैनन् भन्न सक्दैनौं।”

लबिपुरका घरहरूमात्र होइन तराईमा रहेका धेरैजसो थारू घरहरूको पनि त्यही हाल रहेको छ। यस सुन्दर कलालाई संरक्षण गर्न कुनै कदम नचालिएमा मोख कला सदाको लागि हराएर जाने छ।

]]>
0
नेपालमा टिकटक प्रतिबन्धसँगै सामाजिक सञ्जालमा सरकारी नियन्त्रणको सुरुवात https://ne.globalvoices.org/2023/11/29/3446/ https://ne.globalvoices.org/2023/11/29/3446/#respond <![CDATA[Dilli Rai]]> Wed, 29 Nov 2023 12:17:36 +0000 <![CDATA[GV Advocacy]]> <![CDATA[अंग्रेजी]]> <![CDATA[अर्थशास्त्र र व्यापार]]> <![CDATA[दक्षिण एशिया]]> <![CDATA[नागरिक मिडिया]]> <![CDATA[नेपाल]]> <![CDATA[नेपाली]]> <![CDATA[प्रविधि]]> <![CDATA[प्रशासन]]> <![CDATA[फिचर]]> <![CDATA[मानव अधिकार]]> <![CDATA[मिडिया र पत्रकारिता]]> <![CDATA[वाक स्वतन्त्रता]]> <![CDATA[विरोध]]> <![CDATA[वेबलग]]> <![CDATA[सेन्सरशीप]]> https://ne.globalvoices.org/?p=3446 <![CDATA[नोभेम्बर १३, २०२३ मा, नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक माथि पूर्ण प्रतिबन्ध लगायो।]]> <![CDATA[

पूर्ण प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिको उल्लङ्घन गर्छ

नोभेम्बर १३, २०२३ मा नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमाथि पूर्ण प्रतिबन्ध लगायो। तर, मानव अधिकारवादी संघसंस्थाहरू र नागरिक समाजले यो प्रतिबन्धलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन्।

नेपालमा टिकटकले घृणायुक्त अभिव्यक्ति र असहिष्णुतालाई प्रोत्साहन गरेको दाबीको बावजूद कोभिड-१९ महामारीको समयमा लोकप्रियता पायो। नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार टिकटकले “हाम्रो सामाजिक सद्भाव, पारिवारिक संरचना र पारिवारिक सम्बन्धमा बाधा पुर्याइरहेको छ”। नेपाल सरकारले आपत्तिजनक सामग्रीका बारेमा धेरै पटक टिकटकलाई सम्पर्क गर्यो, तर कुनै प्रतिक्रिया प्राप्त गरेन, जसको कारण नेपाल टिकटक पूर्ण प्रतिबन्ध गर्ने भारत, बेलायत, अमेरिका, युरोपेली संघ र पाकिस्तान लगायतका देशहरूको बढ्दो सूचीमा सामेल भएको छ।

नेपालमा टिकटकको बढ्दो लोकप्रियता

जनवरी २०२३ सम्म, नेपालको ३ करोड ५ लाख ५० हजार कुल जनसंख्यामा १ करोड ५८ लाख ५० हजार इन्टरनेट प्रयोगकर्ताहरू रहेका छन्। ती मध्ये, १ करोड २६ लाख सामाजिक सञ्जाल प्रयोगकर्ताहरू छन्, जसमा १ करोड १८ लाख ५० हजार प्रयोगकर्ताहरू रहेको फेसबुक सबैभन्दा लोकप्रिय प्लेटफर्म हो।

बेइजिङ स्थित टेक्नोलोजी कम्पनी बाइटडान्सले अगस्ट २०१८ मा सुरु गरेको भिडियो प्लेटफर्म टिकटकले प्रयोगकर्ताहरूको चाहना अनुसार छोटो भिडियो सामग्री निर्माण एवं प्रस्तुत गर्न सकिने भएकाले लोकप्रियता प्राप्त गर्यो। टिकटकले प्रयोग गर्ने एआई र एल्गोरिदमहरू लत बसाल्ने र अनुचित रहेका आलोचकहरू तर्क गर्छन्। १ अर्ब २१ करोड ८० लाख विश्वव्यापी प्रयोगकर्ताहरू रहेको टिकटक सबै सामाजिक सञ्जाल प्लेटफर्महरूमा छैटौं स्थानमा छ।

हालैका वर्षहरूमा भएको अभूतपूर्व वृद्धिसँगै टिकटक सिर्जनाकर्ताहरू, डिजिटल सेलिब्रेटीहरू र उद्यमहरूका लागि व्यस्त प्लेटफर्म भएको छ। नेपालमा टिकटक प्रयोगकर्ताहरूको कुनै आधिकारिक तथ्याङ्क नभएतापनि जानकारहरूले २०२२ सम्म करिब २२ लाख प्रयोगकर्ताहरू रहेको अनुमान गरेका छन्। सेयरकास्ट इनिसिएटिभ नेपालको ५,५८२ उत्तरदाताहरूको सहभागिता रहेको २०२२ सर्वेक्षणले ५६ प्रतिशतले टिकटक प्रयोग गरेको देखाएको छ।

सामाजिक सञ्जालमा थप नियन्त्रण

नोभेम्बर ९, २०२३ मा नेपाल सरकारले सामाजिक सञ्जाल नियमन गर्ने उद्देश्यकासाथ १५ बुँदे नीति सहितको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०२३ जारी गर्यो। उक्त निर्देशिकामा सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्मले तीन महिनाभित्र नेपालमा सम्पर्क कार्यालय स्थापना गर्न वा सम्पर्क व्यक्ति नियुक्त गर्न निर्देशन दिएको छ। यसबाहेक, यी प्लेटफर्महरूले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था गरेको छ।

इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै व्यक्तिलाई धम्काउने, भयभीत पार्ने, उत्पीडन गर्ने वा अपमानित गर्ने जस्ता अनलाइन गतिविधि पनि बढेको छ। यसै वर्षको साउन महिनामा नेपालको कोशी प्रदेश स्थित झापा जिल्लाका एक व्यक्तिलाई राष्ट्रपति र प्रधानमन्त्रीको अभद्र भाषाको टिकटक भिडियो बनाएर सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको थियो। यसबाहेक, जुलाइमा २०० भन्दा बढी प्रहरी कर्मचारीहरूलाई प्रहरी वर्दीमा टिकटक भिडियोहरू बनाएकोमा जरिवाना गरिएको थियो। यद्यपि, स्पष्ट रूपमा सरकारको मुख्य चासो विपक्षी दलका पूर्व सदस्य एवं व्यवसायी दुर्गा प्रसाईँ हो, जसले नेपालमा हिन्दू राजतन्त्रको पुनर्स्थापनाको लागि वकालत गर्दै मूलधारका पार्टीहरू विरुद्ध टिकटकमा निन्दनीय अभियान सुरु गरेका छन्।

नेपालमा मुलुकी अपराध संहिता २०१७गाली र बेइज्जतीको ऐन २०१६ लगायत अनलाइन गाली बेइज्जती र आक्षेपका लागि कानुनी उपायहरू भएतापनि अधिकांश अभियुक्तहरूले विद्युतीय कारोबार ऐन २००८ को धारा ४७ अन्तर्गत आरोपहरू सामना गर्छन्

यस वर्ष अगस्टमा सरकारले विशेष साइबर अपराध र बढ्दो खतराहरूलाई सम्बोधन गर्न नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति ल्यायो। घृणायुक्त अभिव्यक्ति फैलाउने वा अरूलाई आक्षेप/अपमान गर्ने शब्दहरू, अडियो, भिडियो वा तस्वीरमाथि प्रतिबन्ध सहितको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि निषेधहरूको सूची निर्देशिकामा उल्लिखित छ। यसले नक्कली प्रयोगकर्ता आईडीहरू बनाउन पनि निषेध गर्दछ र विभिन्न उपायहरू अवलम्बन गर्दछ, जुन विद्युतीय कारोबार ऐन २००८ वा नयाँ साइबर सुरक्षा नीतिको विपरीत रहेको भनी आलोचना गरिएको छ। धेरैले निर्देशिका र टिकटक प्रतिबन्धलाई नेपालमा सामाजिक सञ्जाल नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारी पहलको प्रारम्भिक कदमका रूपमा लिएका छन्।

टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना

नेपालमा टिकटक प्रतिबन्धको चौतर्फी आलोचना भएको छ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक उद्देश्यका लागि यो निर्णय गरिएको दाबी गरेका छन्।

नेपाली अनलाइन आउटलेट नेपाल दृष्टिकोणको पोष्ट:

#TikTok लाई प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत राजनीतिक दलका नेता, नागरिक समाजका सदस्यले उक्त निर्णयको चर्को आलोचना गरेका छन्। कतिपयले निर्णयको मुक्तकण्ठले प्रसंशा गरेका छन्।

— Nepal Drishtikon (@NepalDrishtikon) November 13, 2023

नेपाली नागरिक समाज संगठन फ्रिडम फोरमले सरोकारवाला संस्था तथा व्यक्तिहरूद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै प्रतिबन्धले नागरिकको अनलाइन वार्तालापमा संलग्न हुने र विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने दाबी गरेको छ। विद्यमान संवैधानिक कानुनले विवादित सामाजिक सञ्जाल सामग्रीबाट उत्पन्न हुने समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने उनीहरूको तर्क छ र नेपालको संविधानको धारा १७(२)(क) मा उल्लेख भए बमोजिम प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिको उल्लङ्घन गर्छ।

डिजिटल अधिकारको संरक्षण र विस्तारका लागि वकालत गर्ने विश्वव्यापी संस्था एक्सेस नाउले पनि एक विज्ञप्ति प्रकाशित गरेको छ:

अपारदर्शी प्रतिबन्ध निर्णय मान्य हुँदैन!

हालै नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनु पर्छ + सामाजिक सञ्जाल प्लेटफर्म जवाफदेहिताको लागि लोकतान्त्रिक पद्दतिको विकास गरिनुपर्छ।

हाम्रो सन्देश स्पष्ट छ: https://t.co/LcKvqQvQw8#TikTokBan

— Access Now (@accessnow) November 17, 2023

संवैधानिक कानून विशेषज्ञ विपिन अधिकारीको X पोस्ट (पहिलेको ट्विटर);

टिकटकले राष्ट्रिय सुरक्षा चिन्ता र चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वका कारण संयुक्त राज्य अमेरिका र अन्य केही देशहरूमा प्रतिबन्ध र प्रतिबन्ध प्रयासको सामना गर्नु परेको छ। नेपालको संविधानले अनुमति नदिएकोले हामीले त्यस्तो महसुस गर्नुपर्दैन।

— Bipin Adhikari 🌺🇳🇵 (@BipinLAW) November 14, 2023

प्रयोगकर्ता पराक्रम राणा भन्छन्:

नेपालमा टिकटक प्रतिबन्धले चिन्ता बढाएको छ, विशेष गरी अर्गानिक मार्केटिङको लागि प्लेटफर्ममा निर्भर रहेका साना तथा माझौला व्यवसायीलाई पुग्न जाने प्रतिकूल असरप्रति। विभिन्न प्लेटफर्महरूमा सक्रिय कन्टेन्ट क्रिएटरको रूपमा म यसको महत्त्व बुझ्छु,

— Parakram Rana (@ParakramRana) November 20, 2023

काठमाडौं पोष्टले इन्टरनेट सेवा प्रदायकहरूलाई उद्धृत गर्दै टिकटक प्रतिबन्ध पछिको हप्तामा सम्भवतः प्रतिबन्धलाई छल्न भीपिएनको प्रयोगको कारणले इन्टरनेटको प्रयोगमा २० प्रतिशतले वृद्धि भएको जनाएको छ। तर, नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई भीपिएन र डिएनएस एप्सहरू बन्द गर्न निर्देशन दिएर टिकटकमाथिको प्रतिबन्धलाई थप कडाइ गरिरहेको छ।

]]>
0